रुकुमबाट ४१ जनाको स्वाब नमूना सुर्खेत पठाइयो

रुकुमबाट ४१ जनाको स्वाब नमूना सुर्खेत पठाइयो

रुकुम : भारत तथा अन्य मुलुकबाट रुकुम पश्चिममा आएका ४१ जनाको स्वाव संकलन गरेर परीक्षणका लागि कर्णाली प्रदेश राजधानी सुर्खेत पठाइएको छ । कर्णाली प्रदेश स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतबाट आएको स्वास्थ्यकर्मीको टोलीले जिल्लाका २९ जनाको स्वाब संकलन गरेको हो।

जिल्ला अस्पताल सल्लेको टोलीले संकलन गरेको १२ जनाको नमूना पनि परीक्षणका लागि सुर्खेत लगिएको प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौड्यालले जानकारी दिए । भारत तथा तेस्रो मुलुकबाट आएका सबैमा कोराना परीक्षण गर्ने कार्यक्रम अनुसार बुधबार र बिहीबार संकलन गरिएका ४१ जनाको स्वाब सुर्खेत पठाइएको उनको भनाइ छ । 

आएसोलेसन तथा क्वारेन्टाइनमा रहेका र विदेशबाट आएर घरमै बसेका व्यक्तिको स्वाबको (नमूना) संकलन गरेर प्रदेश अस्पताल सुर्खेत पठाइएको प्रजिअ पौड्यालले जनाए । जिल्लामा अहिलेसम्म कसैलाई पनि कोरोना भाइरस पोजेटिभ नदेखिए पनि सतर्कता अपनाउन नमुना संकलन गरी परीक्षणका लागि पठाइएको उनको भनाइ छ ।

प्रदेशको टोलीले जिल्लाको चौरजहारी नगरपालिकामा भारत तथा अन्य देशबाट आएरक्वारेन्टाइनमा बसेका ७जना र घरमा बसेका ७ गरी १४ जना, सानीभेरी गाउँपालिका १४ जना र जिल्ला अस्पताल सल्लेको आइसोलेसनमा रहेका १ व्यक्तिको स्वाब संकलन गरिएको थियो । 

जिल्ला अस्पतालको टोली जिल्लाको त्रिवेणि गाउँपालिकाबाट १२ जनाको स्वाब संकलन गरेर सुर्खेत गएको बताइएको छ । भारत तथा अन्य देशबाट आएका सबै व्यक्तिमा कोरोनाको परीक्षण हुने बताइएको छ । 

प्रदेश स्वास्थ्यकर्मीको टोलीले जिल्ला अस्पतालको प्राविधिक टीमलाई स्वाब संकलन गर्ने तरिकाबारे जानकारी पनि गराएको थियो ।
 
सीप पाएपछि जिल्लामा रहेका स्वास्थ्यकर्मीले स्वाब संकलन सुरु गरेका हुन् । ज्वरोलगायतका समस्या देखिएकालाई पहिलो प्राथमिकतामा राखेर स्वाब संकलन गरिने बताइएको छ । लकडाउन सुरु भएपछि रोजगारीका लागि भारत र खाडि मुलुक गएका जिल्लाका तीन सय तीनजना व्यक्ति घर फर्किएका छन् ।

भारत तथा अन्य ३०३ जना जिल्ला आएको जिल्ला प्रहरी कार्यालयको तथ्यांक छ ।क्रमशःती सबै व्यक्तिको स्वाब संकलन गरेर कोरोना परीक्षण गरिने तयारी रहेको छ । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.