लकडाउन कसरी उपयोगी बनाउने ?
यतिबेला विश्व कोरोना भाइरस (कोभिड–१९) को महामारीबाट आक्रान्त छ। चीनको वुहानबाट चार महिनाअघि सुरु भएको यो महामारी अहिले विश्वव्यापी बनेको छ। संसारभरका दुई सयभन्दा बढी मुलुक यसबाट नराम्ररी प्रभावित बनेका छन् भने अरबौं मान्छे घरभित्रै लकडाउनमा छन्। कोरोना यो शताब्दीकै ठूलो महामारीका रूपमा देखापरेको छ। मानवजातिकै अस्तित्व, यसको सभ्यता र विश्व राजनीतिक, सामाजिक र आर्थिक व्यवस्थाको भविष्य के हुने भन्ने संशय उत्पन्न गराइदिएको छ। हजारौंको ज्यान जानुका साथै लाखौं संक्रमित भएको यो महामारीको संकटबाट विश्वले कहिले उन्मुत्तिाm पाउला, अनुमान लगाउन सहज छैन।
नेपाल पनि कोरोनाको कहरबाट अछुत छैन। हामीकहाँ अहिलेसम्म नौजनामा कोरोना संक्रमण देखिएकोमा एकजना निको भएर घर फर्किसकेका छन्। विश्वका महाशत्तिाm राष्ट्रहरूले भोगेजस्तो विकराल मानवीय क्षति हाम्रो मुलुकले भोग्नुपरेको छैन। यो हाम्रा लागि सुखद पक्ष मान्नुपर्छ तर पनि हामी यतिबेला कोरोनाको संक्रमणबाट बच्न घरभित्रै बसिरहेका छौं। मान्छेबाट मान्छेमा सहजै सर्नसक्ने रोग भएका कारण सरकारले पनि मान्छेहरूको आवातजावत रोक्न र सामाजिक दूरी कायम गर्न भन्दै देशव्यापी लकडाउन घोषणा गरेको छ।
विश्वव्यापी फैलिएको महामारीका कारणले एकातर्फ मानिसको जीवन जोखिममा छ भने अर्कातर्फ अर्थतन्त्र ओरालोलाग्दो छ। आर्थिक गतिविधि ठप्प छन्। संकटका बेला सरकार र सबै नागरिकले जिम्मेवारी र दायित्व बहन गर्नु नै पर्छ। अझ सरकार जनताको अभिभावक हो। त्यसैले सरकारले लकडाउनको समयमा चाहिने अत्यावश्यक वस्तुको पर्याप्तता र कोरोनाबाट आतंकित बनेका नागरिकलाई राहत दिनुपर्छ।
सरकारले यो संकटको घडीको सामना गर्न प्रतिवद्घ, इमानदार र सक्षम छ भन्ने विश्वास नागरिकलाई दिलाउन सक्नुपर्छ। यसका लागि प्रथमत आपूर्तिव्यवस्था सुचारु राख्दै नागरिकका आवाजलाई संयम र परिस्थिति हेरी सम्बोधन गर्नुपर्छ। सामाजिक दूरी कायम गर्न लकडाउनबाहेक अर्काे विकल्प हामीसँग थिएन। त्यसैले उच्च मनोबल र सकारात्मक सोचको साथ लकडाउन उपयोगी बनाउन नागरिकले विभिन्न उपाय अवलम्बन गर्नुपर्छ भने सरकारले यसका लागि सहज वातावरण बनाइदिनुपर्छ।
केही दशकयता दिगो अर्थतन्त्रमा महत्तवपूर्ण क्षेत्र भनेको कृषि हो। व्यवहारमा यो क्षेत्र अलि हेपिएजस्तो देखिन्छ। तर उत्पादनको क्षेत्र भनेको कृषि नै हो। त्यसैले अब लकडाउनका बेला हरेक नागरिकले परम्परागत खेतीमा पुनः जोड दिनुपर्छ। कृषि क्षेत्रको उत्पादनमा घरेलु मल र बीउ प्रयोग गरी करेसाबारी तथा गमलामा तरकारी लगाउने, बारीमा फलफूल रोप्ने, फलाउने काम मात्रै गर्न सके संकटको समयमा हरेक परिवार आत्मनिर्भर हुन्छ। कृषिलाई अब सबैले दैनिक जीविकोपार्जन गर्ने भरपर्दाे माध्यमका रूपमा लिनुपर्छ।
पशुपालन पनि आत्मनिर्भर बनाउने अर्काे अब्बल माध्यम हो। घरमै बसी गाई, भैंसी, कुखुरा, भेडा र बाख्रापालन गरी आत्मनिर्भर तथा यससँगै पैठारीसमेत गर्ने व्यवस्था गरेमा आम्दानीको ठूलो स्रोत बन्न सक्छ। नेपालीले परम्परागत रूपमा गर्दै आएको काम आधुनिकतामा प्रवेश गरेपछि गर्न छाडेका छन्। त्यसैले अब संकटको परिस्थितिमा घरमा बसेर बासको डोको, नाङ्लो, डालो तथा कुचो निर्माण गरी बेचेमा पनि अर्थाेपार्जन गर्न सकिन्छ।
परम्परागत रूपमा गर्दै आएको काम जस्तो आरन, सुनार, कुमालजस्ता काम गर्दै आएका परिवारले त्यो काम गर्न छोडेका छन्। अब यस्ता कामलाई निरन्तरता दिँदै यस्तो पेसाको पहिचान जोगाउन सकिन्छ। हातले निर्माण गरिएका कलात्मक सामग्री मूल्यवान हुन्छन्। यसैले घरमै बसेर मूर्तिकला, काष्ठकला, कपडा बुन्ने, बुट्टा भर्ने आदि काम गर्न सकिन्छ। कला र संस्कृतिको धनी देश पनि हो नेपाल। यहाँ अनेक भेषभुषा, रहनसहन र संस्कृतिको समि श्रण छ। यो नेपालको पहिचान हो। त्यसैले हरेक नेपालीले आफ्नो कलासंस्कृति झल्कने गतिविधि, क्रियाकलाप गरेमा मात्र यसको संरक्षण हुन्छ। लकडाउनको समयमा आआफ्नो पहिरनमा नाच्ने, गाउने गरेका गतिविधि सामाजिक सञ्जालमा देखिने गरेका छन्। यो सकारात्मक पक्ष हो, यसलाई निरन्तरता दिनुपर्छ।
लकडाउनका कारणले हरेकलाई फुर्सद मिलेको छ। लेख्ने, पढ्ने, नयाँ कुरा सिक्ने र रुचीको विषयमा जानकारी लिने यो उपयुक्त अवसर पनि हो। जब व्यक्तिमा नयाँ सोच र विचारले प्र श्रय पाउँछ, तबमात्र अगाडि बढ्न मद्दत पुग्छ।
अहिले आमनेपालीको दैनिकीजस्तै बनिसकेको छ इन्टरनेट। धेरैको सहज पहुँचमा भएकाले पनि यसका उपभोक्ता पनि बढ्दै गएका छन्। त्यसकारण लकडाउनको समयमा घरमै बसेर अनलाईनमार्फत् हामीले ज्ञानउपयोगी कुरा सिक्न सक्छौं।
स्वास्थ्य नै धन हो। स्वस्थ रहन नियमित शारीरिक व्यायामको आवश्यक पर्छ। लकडाउनका कारण घरमै बस्नुपर्ने भएकाले हामीलाई अन्य रोग लाग्न सक्छ। त्यसैले घरमै रहेका बेला पनि शरीर सक्रिय बनाइराख्न नियमित व्यायाम आवश्यक हुन्छ। दिनभर फुर्सद हुने भएकाले समय तालिका बनाएर योगा, ध्यान र नाच्न सक्छौं।
फुर्सदको समयमा घरको सरसफाइ, खाना पकाउने, घर सजावट, आफूले गर्दै आएका कामलाई व्यवस्थित र थप प्रभावकारी बनाउन योजना निर्माणलगायतका काम गर्न सक्छौं। आफूमा भएका गलत बानी सुधार्ने र जीवनलाई सही र उपयोगी बाटोमा लैजान सकारात्मक सोचका साथै आत्मबल बढाउन सके परनिर्भरताबाट मुक्त हुन सकिनेछ।