म्याग्दीमा र्‍यापिड टेष्ट सुरु, ३३ को कोरोना रिपोर्ट 'नेगेटिभ'

म्याग्दीमा र्‍यापिड टेष्ट सुरु, ३३ को कोरोना रिपोर्ट 'नेगेटिभ'

बेनी  म्याग्दीमा विदेशबाट आएकालाई कोरोना भाइरसको द्रूत परीक्षण (र्‍यापीड टेष्ट) गर्न थालिएको छ । स्वास्थ्य कार्यालय म्याग्दीले शनिबार बेनी नगरपालिकाका ३३ जनाको कोरोना परीक्षण गरेको थियो । 

'सबैमा कोरोना संक्रमण नभएको रिपोर्ट आएको छ,' स्वास्थ्य कार्यालयका प्रमुख एकनारायण लम्सालले भने,'एकान्तबासमा बसेकाको स्वास्थ्यमा समस्या नदेखिए पनि सम्भावित जोखिमलाई आंकलन र सुरक्षित बनाउन परीक्षण गरिएको हो ।'

यसअघि २०७६ चैत १ गतेदेखि विदेशबाट आएकालाई १५ दिनसम्म क्वारेन्टिन (एकान्तबास)मा राखेर घर पठाइएको थियो । जिल्लामा एक महिनायता भारत, खाडी, एशीयाली र युरोपका देशबाट करिब १४० जना भित्रिएको तथ्याङ्क छ । 

स्वास्थ्य मन्त्रालयमार्फत किट आएपछि बेनी अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीको टोलीले परीक्षण सुरु गरेका हुन् । द्रूत परीक्षण गर्दा १५ मिनेटमै रिपोर्ट प्राप्त हुन्छ ।

स्थानीय तहमै र्‍यापिड टेष्ट 

गण्डकी प्रदेश सरकारले एक महिनायता नेपाल आएका प्रदेशभरका तीन हजार ७५० जनाको र‍यापिड टेष्ट गर्ने जनाएको छ । चिकित्सक र स्वास्थ्यकर्मी स्थानीय तहमै पुगेर परीक्षण गर्ने भएका छन् ।  
म्याग्दीको धवलागिरी र मालिका गाउँपालिकामा आइतबार, मंगलबार ,सोमबार, अन्नपूर्णमा मंगलबार र रघुगंगा गाउँपालिकामा बुधबार विदेशबाट आएकालाई लक्षित गरेर परीक्षण गरिने स्वास्थ्य कार्यालयले जनाएको छ ।  

परीक्षणका क्रममा पोजेटिभ देखिएको अवस्थामा पुन परीक्षणका लागि ल्याबमा पठाइने बेनी अस्पतालका चिकित्सक मनोज घिमिरेले बताए । हालसम्म म्याग्दीमा कसैलाई पनि कोरोनाको संक्रमण भएको छैन् । यसअघि बेनी अस्पतालबाट ४ जनाको स्वाब परिक्षणका लागि पठाइएको थियो । चारैजनाको नजिता नेगेटिभ आएको थियो । 

एम्बुलेन्समा क्याबिन 

कोरोना शंकास्पद बिरामीलाई अस्पताल ल्याउन क्याबीन भएको छुट्टै एम्बुलेन्सको व्यवस्था गरिएको छ ।  ती एम्बुलेन्स भित्र चालक, बिरामीका आफन्त बस्ने र बिरामी राख्ने छुट्टा छुट्टै क्याबिन बनाइएको छ । बिरामीलाई सुरक्षित रुपमा अस्पताल पुर्‍याउन तथा चालक र आफन्तलाई संक्रमणको जोखिमबाट बचाउन एम्बुलेन्समा क्यावीन बनाइएको हो ।

कोभिड-१९ सम्बन्धी कमाण्ड पोष्टको निर्णय अनुसार नेपाल रेडक्रस सोसाइटी म्याग्दी शाखाका उपमन्त्री सुरत केसीको संयोजकत्वमा पाँच सदस्यीय बिरामीलाई अस्पताल सम्म ल्याउने प्यासेन्ट रिसिभिङ टिम गठन भएको छ । टोलीको सदस्यमा श्रीबक्स गुल्म, जिल्ला प्रहरी कार्यालय, जिल्ला स्वास्थ्य कार्यालय र शसस्त्र प्रहरी गुल्म गलेश्रका प्रतिनिधि रहेका छन् । 

पोखरेबगरमा सहायता कक्ष 
अन्नपूर्ण गाउँपालिकाको पोखरेबगरमा कोरोना भाइरस भित्रन नदिन सहायता कक्ष र फिबर क्लिनिक सुरु गरेको छ । गाउँपालिकामा भित्र्ने र पोखरेबगर भएर मुस्ताङ जाने आउनेको स्वास्थ्य परीक्षण गर्ने, परामर्श र औषधि उपचार सेवा उपलब्ध गराउन सहायता कक्ष सञ्चालन गरिएको हो । सहायता कक्षामा एक जना अहेव र एकजना अनमी खटाइएको गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक समुन्द्र बरुवालले बताए । 

सहायता कक्षमा ज्वरोको बिरामीको उपचारका लागि फिबर क्लिनिक समेत सञ्चालन गरिएको छ । स्वास्थ्यकर्मीलाई ज्वरो नाप्ने थर्मल गन पनि उपलब्ध गराइएको छ । बेनी-जोमसोम सडक अन्तरगत पर्ने पोखरेबगर अन्नपूर्ण गाउँपालिकाको केन्द्र हो ।  सहायता कक्ष र क्लिनिक सञ्चालन गर्न पोखरेबगरकी सुजिना पुनले लकडाउनको अवधिभरका लागि निशुल्क सटर उपलब्ध गराएकी छिन् । 

नाकामा चेकपोष्ट 
कोरोना रोकथामका लागि गरिएको लकडाउन कार्यान्वयन र कोरोना भित्रन नदिन सतर्कताका लागि रघुगंगा गाउपालिको मुख्य नाकामा स्वास्थ्य परिक्षणको सुबिधा सहितको सहायता कक्ष स्थापना भएको छ । अन्नपूर्ण गाउँपालिकाको सिमानामा रहेको तिप्ल्याङ, बेनी नगरपालिकाको सीमामा रहेको गलेश्वर र झिंमा सहायता कक्ष स्थापना गरिएको रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले बताए ।  

सहायता कक्षमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र स्वयमसेवक खटाइएको छ । उनिहरुले नाकाबाट भित्रने र बाहिरिनेको तथ्याङ्क राख्ने, थर्मल गनले ज्वरो जाँच गरेका छन् । ज्वरो नाप्ने थर्मल गन र व्यक्तिगत सुरक्षा सामग्री पीपीईको समेत व्यवस्था गरिएको हो । 

बिरामीलाई घरमै औषधि

मंगला गाउँपालिकाले कोरोना रोकथामका लागि गरिएको लकडाउनको अवधिभर नियमित सेवन गर्ने औषधी सम्बन्धित बिरामीको घरमै उपलब्ध गराउने व्यवस्था मिलाएको छ । लकडाउनका कारण सार्वजनिक यातायातका साधन नचल्ने हुँदा बिरामीले नियमित सेवन गर्ने औषधी नछुटोस भनेर स्वमसेवकको व्यवस्था गरेर घरमै औषधी उपलब्ध गराएको हो । मुटु, प्रेसर, सुगर जस्ता रोगका बिरामीहरुको औषधी पुर्‍याउन बाबियाचौरका बिनोद खत्रीलाई खटाइएको गाउपालिकाका अध्यक्ष सतप्रसाद रोकाले बताए ।  

बिरामी वा आफन्तले खत्रीको ९८४७७७२२०५ नम्बरको मोबाइलमा सम्पर्क गरेर आफूले सेवन गर्ने औषधिको नाम टिपाउने गर्छन् । सामाजिक सञ्जालको पहुँचमा भएकाले तस्बिर खिचेर पठाउँछन् । सोही आधारमा केसीले सदरमुकाम बेनी र बाबियाचौरको औषधि पसलबाट खरि गरेर उनीहरुको घरमै पुर्‍याउने गरेका छन् । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.