खाना खाएर निस्किएका युवकको हत्या

खाना खाएर निस्किएका युवकको हत्या

राजविराज : लकडाउनमा राति घर बाहिर निस्केका एक युवाको सप्तरीमा हत्या भएको छ। हनुमाननगर कंकालिनी नगरपालिका-१ भारदहका ज्ञानु भनिने जानु साह स्वर्णकारको छोरा १८ वर्षीय सुरजको हत्या भएको सप्तरी प्रहरीले जनाएको छ।

खाना खाएर गएराति आठ बजे घर बाहिर निस्केका सुरजको हत्या गरी मिल्काइएको अवस्थामा सोमबार शव फेला परेको इलाका प्रहरी कार्यालय कञ्चनरुप, सप्तरीका डिएसपी मकेन्द्रकुमार मिश्रले बताए। डिएपी मिश्रका अनुसार भारदहस्थित कंकालिनी मन्दिरदेखि साढे एक किलोमिटर दक्षिण कोशी पश्चिमी तटबन्ध नजिकको झ्याङमा मिल्काइएको अवस्थामा शव फेला परेको हो।

उनको टाउकोमा फलामको गह्रौ वस्तुले प्रहार गरेको चोटपटक र तीन/चार ठाउँमा काटिएको छ। घटनास्थलमा फेला परेको एउटा माक्समा रगत लागेको र अर्को सफा रहेको छ। रगत लागेको माक्स मृतकको र अर्को सफा रहेको माक्स अभियुक्तको हुन सक्ने प्रहरीको अनुमान छ। घटनास्थलमा रगतका छिटाहरु छन्।

घटना अनुसन्धानका लागि धनुषाको मिथिला नगरपालिकास्थित प्रहरी चौकी लालगढबाट तालिम प्राप्त कुकुर मगाइएको छ। कुकुरले बाँधको बाटो हुँदै दुई किलोमिटरको दुरीमा रहेको भलुवाको बाटो लागेको र गाउँको चौबाटोमा पुगेर ट्रयाक छाडेको डिएसपी मिश्रले बताए।

शवलाई पोस्टमार्टमका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ। मृतकले मोबाइल नबोकेकाले घटना पत्ता लगाउन केही समय लाग्ने डिएसपी मिश्रले बताए।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.