उद्योगपति तथा समाजसेवी कावराको निधन

उद्योगपति तथा समाजसेवी कावराको निधन

राजविराज : सप्तरीमा पहिलो राइस मिल स्थापना गर्ने सप्तरी उद्योग बाणिज्य संघका संस्थापक सीताराम कावराको  ९६ वर्षको उमेरमा निधन भएको छ । बि.स. १९८१ बैशाख १ गते जन्मेका वरिष्ठ उद्योगपति काबराको आफ्नै निवास सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका-९ मा निधन भएको र मङ्गलबार दाहसंस्कार हुने परिवारका सदस्यले जानकारी दिएका छन् । 

सप्तरीको रूपनगरमा पहिलो राइस मिल स्थापना गरेसँगै उद्योग तथा व्यापार थालेका काबराले उद्योग व्यवसाय बढाएर अहिले विभिन्न ठूला उद्योग स्थापना गरेका छन् । क्वालिटी बिस्कुट, चाउचाउ, साबुनलगायतको उनको उद्योग रहेको छ । 

उद्योग व्यवसायका साथ समाजसेवीका रुपमा काबरा स्थापित थिए । सामाजिक र धार्मिक कार्यमा सक्रिय काबरा विपद्को बेला सहयोग गर्न अग्रपंक्तिमा रहन्थे । विभिन्न मन्दिर तथा धर्मशाला निर्माणका साथै आगलागी, बाढीलगायतका विपद्को बेला उद्योगी कावरा सहयोगी थिए ।

क्वालिटी फूड प्रोडक्ट्सका सञ्चालक तथा सप्तरी उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष समेत रहेका कावरा लामो समयदेखि अस्वथ्य थिए । काबरा वि.स. २०२१ देखि २०२९ सालसम्म सप्तरी उद्योग बाणिज्य संघको अध्यक्ष रहे । उद्योगपति कावराका चार छोरा र दुई छोरी छन् । 

उद्योगपति काबरा सप्तरी उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष श्रीराम काबरा र उद्योग संगठन मोरङका पूर्व उपाध्यक्ष नवलकिशोर कावराका पिता हुन् । 


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.