अमेरिकाको अवस्था झन जटिल, संक्रमित ६ लाख नाघे

अमेरिकाको अवस्था झन जटिल, संक्रमित ६ लाख नाघे

अमेरिका : पछिल्लो समय कोभिड–१९ को इपिसेन्टर बनेको अमेरिकामा संक्रमितको संख्या ६ लाख नाधेको छ। जोन हप्किन्स यूर्निभसिटीको तथ्याङकअनुसार अमेरिकामा हालसम्म संक्रमितको संख्या ६ लाख ५ हजारभन्दा धेरै पुगेको छ भने मृतकको संख्या २५ हजार ५ सय नाधेको छ। 

समयमै उचित कदम चाल्न नसकेको अमेरिकाले अहिले दैनिक ठूलो संख्यामा मानवीय क्षति बेहोेरिरहेको छ। यहाँसंक्रमित हुने र ज्यान गुमाउनेको संख्या दैनिक तीब्र गतिमा थपिने क्रममा छ। अन्य मुलुकको तुलनामा अमेरिकामा कोरोना भाइरसका कारण अवस्था झनै जटिल बन्दै गइरहेको छ। 

यो समाचार तयार पार्दासम्म संसारकै वित्तिय राजधानी मानिने न्यूयोर्कमा मात्रै संक्रमितको संख्या २ लाख २ हजार पुगेको छ भने मृतकको संख्या १० हजार ८ सय नाधेको छ। बाक्लो जनसंख्या रहेको न्यूयोर्कमा सार्वजनिक सवारीमा मानिसहरुले यात्रा गरिरहेका कारण र ठूलठुला भवनहरुमा मानिसहरु बस्ने गरेका कारण पनि यहाँ संक्रमित संंगै मृतकको संख्यामा बृद्धि भएको अमेरिकी सञ्चार माध्यमहरुले बताउदै आएका छन्। 

अमेरिकामा न्यूयोर्कपछि बढी संक्रमित हुने राज्य न्यूजर्सी हो। न्यूजर्सी राज्यमा ६८ हजार संक्रमित छन्, भने २८ सय भन्दा बढीले ज्यान गुमाएका छन्। अमेरिकामा हालसम्म कोरोना भाइरसको संक्रमणबाट ५ जना गैरआवासीय नेपालीले ज्यान गुमाइसकेका छन्, भने कम्तीमा २ सय जनासंक्रमित रहेको यहाँ सक्रिय सामाजिक अभियान्ताहरु बताउछन्। संक्रमित नेपालीको यकिन संख्या सरकारी निकायमा पनि छैन्। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.