लकडाउनमा पैदलयात्रु कम नभएपछि काभ्रे जिल्ला प्रवेशमा रोक

काभ्रे : विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९)को जोखिम न्यूनिकरणका लागि नेपाल सरकारले गरेको लकडाउनको म्याद थपसँगै काभ्रे जिल्लामा सडकमा पैदल यात्रु कम नभएपछि जिल्ला प्रवेशमा रोक लगाइएको छ । वैशाख २ गतेदेखि १५ गतेसम्मको जिल्ला प्रशासन कार्यालयले सूचना निकालेर काभ्रे जिल्ला प्रवेशमा रोक लगाएको हो । उपत्यकाबाट पूर्व पैदल हिँड्ने यात्रुहरुलाई बुधबारबाट काभ्रेको नाका साँगामै रोक लगाएको हो ।
सरकारले पटक-पटक लकडाउनको अवधि बढाएपछि पनि काभ्रे हुँदै पैदलमार्फत इटहरी, जनकपुर, सप्तरी, ओखलढुङ्गा सिराहा, रामेछाप, उदयपुर लगायतका गन्तब्यमा हिँड्ने यात्रुको चाप कम भएको थिएन । दिन दिनै सायौंको संख्यमा काभ्रे जिल्ला हुँदै हिँडेर घर जानेको संख्य बढिरहेको थियो ।
जिल्ला प्रशासन कार्यालयले पैदल हिँडेरै जानेको संख्य दिन दिनै बढिहरेको भन्दै सूचना निकालेर बैशाख ३ गतेदेखि बाटोमा हिँड्ने यात्रुहरूको लागि जिल्ला प्रवेशद्वारा साँगामै रोक लगाएको छ । बुधबार बिहानैदेखि उपत्यकाबाट काभ्रे हुँदै पूर्व पैदलमार्फत हिँड्न थालेका यात्रुहरुलाई साँगामा रोक लगाएको हो ।
पैदल यात्रुहरुको कारणले पनि जिल्लामा जोखिम पुर्याउने आशंकाले बैशाख २ गतेदेखि १५ गतेसम्मको लागि पैदल यात्रुहरुलाई जिल्ला प्रवेशमा पूर्ण रुपमा रोक लगाइएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले जानकारी दिए ।
उपत्यका हुँदै पूर्व जाने मुख्य नाका साँगामा जिल्लाभित्र अनावश्यक रुपमा हिँडडुल गर्नेलाई सोही स्थानबाट प्रहरीले नियन्त्रणमा लिने प्रमुख जिल्ला अधिकारी तिमिल्सिनाले बताए । यसका साथै अत्यावश्यक सेवाबाहेकका सवारी पास नलिएका सवारी साधन सञ्चालनमा पूर्णमा रुपमा रोक लगाइएको प्रमुख जिल्ला अधिकारी तिमिल्सिनाले बताए । जिल्ला प्रशासन कार्यालय काभ्रेले सूचना नै निकालेर बाटोमा हिँड्ने यात्रुहरुको लागि रोक लगाएपछि साँगामा पैदल पूर्व जान हिँडेका धेरै काभ्रेबाटै फर्केका छन् । लकडाउन लम्भिँदै गए पनि बाटोमा पैदल हिँडेर जानेको संख्या कम हुन सेकको छैन । कोरोना संक्रमणको अवस्थालाई मध्यनजर गरेर जिल्ला प्रशासन कार्यालयले बैशाख २ गतेदेखि बाटोमा नहिँड्नको लागि अनुरोध गरेसँगै धेरै यात्रुहरु साँगामा अलपत्र परेका छन् ।
प्रतिक्रिया दिनुहोस !
