कोरोना संक्रमणबाट न्यूयोर्कबासी अमात्यको मृत्यु

कोरोना संक्रमणबाट न्यूयोर्कबासी अमात्यको मृत्यु

अमेरिका : अमेरिकाको न्यूयोर्कबासी एक नेपालीको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । ६९ वर्षीय महेश अमात्यको बिहीबार स्थानीय जमाइका अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । 

रिजउड नेपाली समाजका उपाध्यक्ष तुलसीराम आचार्यका अनुसार अमात्यलाई स्वास्थ्यमा थप समस्या आएपछि बुधवार साँभ अस्पताल लगिएको थियो । काठमाडौं घर भएका अमात्यका एक श्रीमती र ३ छोरा छन् । अमात्य केहीमहिना पहिले मात्रै अमेरिका आएको जानकारी दिइएको छ । परिवार निकटले दिएको जानकारी अनुसार उनकी श्रीमतीलाई समेत कोरोना भाइरसको लक्षण देखिएको छ। 

अमात्यको दाहसंस्कार गर्न तथा परिवारलाई सहयोग पुर्‍याउने उदेश्यले अहिले गो फण्ड मार्फत रिजउड नेपाली समाजले आर्थिक संकलन शुरु गरेको छ । उपाध्यक्ष आचार्यले यस दुःखद घडीमा सहयोग गर्न सबैमा आग्रह गरेका छन् । अमात्यका एक छोरा अध्ययनका लागि अमेरिकामै छन् । 

अमात्य सहित अमेरिकाको न्यूयोर्कमा कोरोना संक्रमणका कारण ज्यान गुमाउने गैरआवासीय नेपालीको संख्या ८ पुगेको छ । त्यसमध्ये ५ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ भने बाँकी ३ जनाको रिर्पोट नआएको बताइन्छ । हिजो बुधवार न्यूयोर्कमा संक्रमणका कारण काठमाडौंका पवनकुमार मल्लको घरमै मृत्यु भएको थियो ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.