कालिकोटमा १ सय ५२ जनाको कोरोना परीक्षण, सबैको रिपोर्ट 'निगेटिभ'

कालिकोटमा १ सय ५२ जनाको कोरोना परीक्षण, सबैको रिपोर्ट 'निगेटिभ'

कालिकोट : जिल्लामा कोरोना भाईरस संक्रमितको खोजीमा स्वास्थ्यकर्मीको टोली गाउँगाउँमा परिचालन भएको छ। भारत लगायतका विदेशबाट फर्किएका व्यक्तिलाई लक्षित गर्दै स्वास्थ्य सेवा कार्यालय कालिकोटको नेतृत्वमा जिल्ला अस्पतालमा कार्यरत डाक्टरसहितको स्वास्थ्यकर्मीको टोली गाउँगाउँमा परिचालन भएको हो । 

टोलीले शुक्रबारसम्म जिल्लाका विभिन्न स्थानीय तहमा गरी १ सय ५२ जना विदेशबाट फर्किएका व्यक्तिको र्‍यापिड टेस्ट गरेको छ । स्वास्थ्य सेवा कार्यालयका जनस्वास्थ्य अधिकृत तथा सूचना अधिकारी कटकबहादुर महतका अनुसार जिल्लामा १ सय ५२ जनाको र्‍यापिड टेस्ट गरिएको छ ।

ती सबै जनाको र्‍यापिड टेस्ट रिपोर्ट नेगेटिभ आएको छ । उनले भने,' जिल्लाको खाँडाचक्र नगरपालिकामा ४९, शुभकालिका गाउँपालिकामा ११, सान्नीत्रिवेणी गाउँपालिकामा ४१, रास्कोट नगरपालिकामा २६, पलाँता र पचालझरना गाउँपालिकामा २५ जनाको र्‍यापिड टेस्ट गरिएको हो । 

जिल्लाका विभिन्न स्थानीय तहका क्वारेन्टाइनमा बसेका र गाउँमा घरमै बसेका तर विदेशबाट फर्किएका नागरिकको र्‍यापिड टेस्ट गर्ने अभियान थालिएको छ । जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी कृष्णचन्द्र पौडेलले विदेशबाट आएका नागरिकलाई लक्षित गरी र्‍यापिड टेस्ट गर्न टोली गाउँमा परिचालन गरिएको बताए ।उनले भने, 'गत चैत ७ गते यता भारतबाट फर्किएका ३ सय ३५ जना नागरिकको नाम लिष्ट प्राप्त भएको छ । गाउँमा केही संख्या छुटेको अनुमान छ ।'
 
सबै स्थानीय तहलाई पुन गाउँ सर्बेक्षण गरी थप विवरण उपलब्ध गराउन पत्रचार गरिएको छ । नयाँ तथ्यांक संकलन गर्ने कार्य जारी छ । यी सबैको र्‍यापिड टेस्ट गर्ने तयारी छ । जिल्लामा पहिलो चरणका लागि ४ सय  किट प्राप्त भएका छन् । ती सकिएपछि थप माग गर्ने तयारी छ । 

कोरोना संक्रमणको सम्भावित जोखिमलाई मध्यनजर गरी जिल्लाका ९ वटै स्थानिय तहले गरी ४ सय ४४ बेडको क्वारेन्टाईनको व्यवस्था गरिएको छ । गाउँमा पछिल्लो समय हुलका हुल मान्छेहरु भारतबाट लुकेर आएका छन् । सरकारले लकडाउन गरेपछि यहाँका मान्छेहरुले पहिले प्रदल हिँड्ने बाटोको प्रयोग गरी गाउँ फर्किएकाले गाउँमा कोरोनाको त्रास बढी छ । 

विदेशबाट आएका नागरिक गाउँमा व्यवस्था गरेका क्वारेन्टाइनमा बस्नै मान्दैनन् । पलाँता गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर बमले भने, 'पलाँताको क्वारेन्टाइनबाट भारतबाट आएका १० जना स्थानीय नागरिक भागेर घर गए । विदेशबाट आएका मान्छे पनि क्वारेन्टाइनमा राख्छन् भनेर काठमाडौं, सुर्खेतबाट आएको भनेर ढाँट्ने पनि गरेका छन् । 

नरहरीनाथ गाउँपालिका १ को क्वारेन्टाइनमा राखेका ५ जना राती गाउँमा छोराको छैटीमा राम हेर्न गएको स्थानीयले बताए । हालसम्म १ सय ९४ जना व्यक्तिलाई १४ दिनसम्म क्वारेन्टाइनमा राखेर घर पठाइएको छ । हाल जिल्लामा २५ जना विदेशबाट फकिएका व्यक्ति क्वारेन्टाइनमा छन् । जिल्ला अस्पताल र संयुक्त भवनमा गरी १५ शैयाको आसोलेटेड बेडसमेत तयारी गरिएको छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.