कोरोना आशंका गरिएका दुई व्यक्तिको रिपोर्ट नेगेटिभ

कोरोना आशंका गरिएका दुई व्यक्तिको रिपोर्ट नेगेटिभ

रुकुम : रुकुम पश्चिममा कोरोना भाइरस (कोभिड– १९) संक्रमणको आशंका गरिएका दुई पुरुषको रिपोर्ट नेगेटिभ आएको छ । जिल्लाको बाँफिकोट गाउँपालिका ६, का ३६ वर्षीय र ७ नम्बर वडाका ३७ वर्षीय पुरुषको पिसिआर रिपोर्टमा कोरोनाको संक्रमण नभएको पुष्टि भएको हो ।

धनगढीस्थित पिसिआर प्रयोगशालामा दुबै जनाको रिपोर्ट पोजेटिभ आएपछि पुनः परीक्षणका लागि काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकु पठाइएको थियो । त्यहाँ गरिएको परीक्षणबाट दुबैको रिपोर्ट नेगेटीभ आएको हो । उनीहरूको थ्रोट स्वाब परीक्षणका क्रममा कोरोना संक्रमणको आशंका गरिएपछि जिल्लामा एक्कासी त्रास उत्पन्न भएको थियो । 

उक्त गाउँपालिका क्षेत्रका ती दुई व्यक्तिका साथै अन्य ३७ जनासँगैको पिसिआर रिर्पोट सुर्खेतबाट परीक्षणका लागि धनगढी पठाइएको थियो । धनगढीबाट आशंका गरिएपछि उनीहरूको थ्रोट स्वाब परीक्षणका लागि बिहीबार दिउँसो टेकु पुर्‍याइएको स्वाबको रिर्पोट शुक्रबार बेलुकी आएको र दुवैको रिपोर्ट नेगेटिभ आएको प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौड्यालले जानकारी दिए ।

आशंका गरिएका दुवैको स्वास्थ्य अवस्था सामान्य रहेकाले डिस्चार्ज गर्ने कि केही दिन आइसोलेसनमा नै राख्ने भन्नेबारे छलफल भइरहेको उनले बताए । उनीहरु दुवै जना गत चैत ९ गते भारतबाट गाउँ पुगेका थिए । सुरुदेखि नै उनीहरुमा कोरोना भाइरसको कुनै लक्षण देखिएको छैन ।

धनगढी प्रयोगशालामा उनीहरुको रिपोर्ट शंकास्पद आएपछि दुवैलाई चौरजहारीस्थित कोरोना आइसोलेसन अस्पतालमा भर्ना गरिएको थियो । आइसोलेसन अस्पताल लैजानु अघि घरमै गरिएको र्‍यापिड डाइगोनोस्टिक टेष्टको रिपोर्ट पनि नेगेटिभ आएको थियो । दुबै जनाको कारोना भाइरसको आशंका गरिएपछि यहाँका दुई वडामा आरडिटि गरिएको थियो । दुई सय ३३ जनामा गरिएको आरडिटिमा सबैको रिपोर्ट नेगेटिभ नै आएको छ । रिपोर्ट नेगेटिभ आएपछि जिल्लामो त्रास समेत कम हुँदै गएको छ । तर जिल्लाका विभिन्न ठाउँमा सतर्कता भने बढाइएको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.