जनकपुरमा तीन जनामा आरडिटी रिपोर्ट पोजिटिभ
जनकपुरधाम : जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा तीन जनाको रिपोर्ट पोजिटिभ आएको छ। प्रादेशिक अस्पतालमा गरिएको आरडिटी परिक्षणमा तीनै जनाको रिपोर्ट पोजिटिभ भेटिएको प्रादेशिक अस्पतालले जनाएको छ।
कोरोना महामारी संक्रमणको बेला जनकपुरमा पैसा फालेर भागेकी महिला र थप एक जनामा आरडिटी रिपोर्ट पोजिटिभ देखिएको प्रादेशिक अस्पतालले जनाएको छ। जनकपुरधामस्थित महाविर चोकमा जथाभावी पैसा फाली लुकीछिपी भाग्ने पक्राउ परेकी दुवै महिला र थप एक जना गरी तीन जनामा रिपोर्ट पोजिटिभ श्रोतले दाबी गरे। जनकपुरधाममा पैसा छरेर भागेकी दुई जनाको महिलाको हुलिया सार्वजनिक गरेको १२ घण्टा नवित्दै ति महिलाहरुलाई प्रहरीले पक्राउ गरी किटको माध्यमबाट टेष्ट गर्दा पोजिटिभ भेटिएको हो।
प्रहरी नायब उपरिक्षक तथा प्रवक्ता रामेश्वर कार्कीले सिसिटीभी फुटेजहरु झिकाएर शंकाष्पद देखिएको र प्रहरीले सार्वजनिक गरेको हुलिया अनुसार मिलेको भन्दै स्थानियवासकै सहयोगमा ति दुवै महिला पक्राउ परेको जनाए। यता धनुषाका प्रमु जिल्ला अधिकारी कोषहरि निरौलाले आफुलाई दुई जना संक्रमणको बारेमा जानकारी भएपनि आधिकारिता पिसिआर बिधिबाट स्वायव टेष्टपछि मात्र कोरोना (कोभिड १९) पुष्टि हुने जनाए।