संक्रमित बसेका क्षेत्रमा कडा निगरानी

संक्रमित बसेका क्षेत्रमा कडा निगरानी

राजविराज : उदयपुरमा फेला परेका १२ जना संक्रमितको बसाइ सप्तरीको विभिन्न मस्जिदमा भएको पाइएपछि ती क्षेत्रलाई सिल गरी आरडीटी परीक्षण सुरु गर्न लागिएको छ।

सप्तरीको दक्षिण-पश्चिम रहेको बोदे बसाइनदेखि उत्तर-पूर्व रहेको कञ्चनरुप र सप्तकोसीको मस्जिदसम्म उनीहरु बसेको खुलेपछि मस्जिद रहेको मुस्लिम बस्तीका सबै जनाको आरडीटी परीक्षण गर्न लागिएको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ।

सप्तकोसी नगरपालिका-१ का ७४ जना मुस्लिम समुदायको आरडीटी परीक्षण गरिएको र आइतबार वडानम्बर २ र ४ का करिब दुई सय ८३ जनाको परीक्षण गरिने स्वास्थ्य कार्यालयका निमित्त प्रमुख दुनियालाल यादवले बताए।

परीक्षण गरिएका एक जनाको संक्रमण अवस्था शंकास्पद भएकाले पुनः परीक्षणका लागि राति राजविराज ल्याइएको छ। उनी मिर्गौलाका बिरामी हुन्।

उदयपुरको त्रियुगा नगरपालिका-३ भुल्केस्थित मस्जिदमा फेला परेका कोरोना संक्रमित सप्तरीको सप्तकोसी नगरपालिकाको मस्जिदमा बस्नु अघि कञ्चनरुप-१ वैरवाको मस्जिदमा बसेको पाइएको छ। सो ठाउँमा संक्रमितसँग सम्पर्कमा आउन सक्ने व्यक्तिको आइतबार आरडीटी परीक्षण गरिने छ। ती क्षेत्रमा लकडाउन कडा पारिएको छ।

इस्लाम धर्मालम्बीको धार्मिक सभा ‘इज्तिमा’ भएको सप्तरीको बोदे बर्साइनमा आइतबार नेपाली सेनाका चिकित्सक टोलीसमेतको सहभागितामा आरडिटी परीक्षण गर्न लागिएको छ। सबै जमातीको सम्पर्कस्थल रहेको बोदे बर्साइन-५ जाँजरमा गत फागुन ३ देखि ५ गतेसम्म एक लाख बढीको सहभागिता ‘इज्तिमा’ भएको थियो। ‘इज्तिमा’का आयोजक र व्यवस्थापक तथा धेरै जमाती बोदे बर्साइनकै भएकाले सो ठाउँलाई समेत कडा निगरानीमा राखिएको छ। बोदे बर्साइनमा केन्द्र राखेर जमातमा जाने सबैको आरडीटी र पीसीआर गर्न लागिएको यादवले बताए।

मस्जिदमा नमाज पढ्न जाने, मदर्सामा पढाउने मौलवी, भान्सेसहित संक्रमितको प्रत्यक्ष सम्पर्कमा आएका व्यक्तिलाई पहिलो चरणमा परीक्षण गर्न लागिएको छ। सप्तकोशी-१ स्थित मस्जिदमा फागुन १५ र १६ गते संक्रमित १२ जना बसेर गएको प्रत्यक्षदर्शीले बताएको सप्तकोसी नगरपालिका वडा सदस्य जाहिर हुसेनले जानकारी दिए।

सप्तरीको बोदे बर्साइनको ‘इज्तिमा’मा सहभागी उनीहरु राजविराज, वैरवा, फत्तेपुर हुँदै उदयपुरको चौदण्डीगढी, सिवाइबाट भुल्के गएको र लकडाउनमा परेर त्रियुगा नगरपालिका-३ भुल्केको मस्जिदमा फसेको मुस्लिम अगुवाको अनुमान छ।

कोरोना पुष्टि भएका १२ भारतीय नागरिक बोदे बर्साइन, वैरवा र फत्तेपुरस्थित मस्जिदमा केही दिन बसेर उदयपुर प्रवेश गरेको खुलेपछि ती तीनै ठाउँका स्थानीयको परीक्षण सुरु गरिएको हो आपत व्यवस्थापन केन्द्रको बैठक बसेर मस्जिद क्षेत्रको मुस्लिम टोलमा आवतजावत बन्द गर्ने निर्णय गरिएको जनाउँदै सप्तकोसी नगर प्रमुख उत्तम शर्माले आरडीटी परीक्षणले मात्र ढुक्क हुने अवस्था नभएकाले संक्रमित व्यक्तिसँग प्रत्यक्ष सम्पर्कमा आउनेको पीसीआर प्रविधिबाट स्वाब परीक्षण गर्नुपर्ने माग गरे।

जमातीको अप्रत्यक्ष सम्पर्कमा आउनेको आरडीटी र प्रत्यक्ष सम्पर्कमा आउनेको पीसीआर समेत गरिने स्वास्थ्य कार्यालयका निमित्त प्रमुख यादवले बताए।

भारतबाट आएका संक्रमितहरु सप्तरीको दक्षिण-पश्चिम रहेको बोदे बर्साइनदेखि उत्तर-पूर्व रहेको कञ्चनरुप र सप्तकोशीको मस्जिदसम्म बस्दै गएको पाइएपछि धेरै जनामा संक्रमण फैलिएको आशंकाले सप्तरीवासी आतंकित छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.