रोकिएका जलविद्युत आयोजना सुचारु

रोकिएका जलविद्युत आयोजना सुचारु

बेनी : विश्वब्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ (कोरोना) भाइरसको त्रास र रोकथामका लागि गरिएको लकडाउनका कारण रोकिएको म्याग्दीका जलविद्युत आयोजना निर्माण करिब तीन सातापछि सुचारु भएको छ । स्थानीय प्रशासन, सुरक्षा निकाय, जनप्रतिनिधि, समुदाय र ठकेदार कम्पनीहरूसंग समन्वय गरी सुरक्षाको उपाय अपनाएर जलविद्युत आयोजना निर्माणलाई अघि बढाएका हुन् ।  

निर्माण सामग्री, उपकरण, इन्धन र मजदुर भएका जलविद्युत आयोजना निर्माणलाई निरन्तरता दिइएको सिडिओ ज्ञाननाथ ढकालले बताए । ‘मजदुर र मेटेरियल भएका आयोजनालाई सूचारु गराएका छौँ,’ उनले भने, ‘निर्माण सामग्री र कच्चा पदार्थ आयातका लागि प्रदेश र संघीय सरकारमा पहल गरेका छौँ ।’ 

उनका अनुसार ४० मेगावाट क्षमताको राहुघाट, ४२ मेगावाट क्षमताको मिस्त्रिखोला र १४ मेगावाटको घारखोला जलविद्युत आयोजना निर्माणलाई निरन्तरता दिइएको छ । २२० केभी क्षमताको दाना सबस्टेशन र प्रशारण लाइन आयोजनाले पनि रोकिएको कामलाई निरन्तरता दिन लागेको छ । 

नेपाल विद्युत प्राधिकरणले बनाइरहेको सबस्टेशन र प्रशारण लाइन बैशाख महिनाभित्र चार्ज गर्ने तयारी छ । स्थानीय सरोकारवाला र समुदायको सहमतिमा आयोजनाको काम सुचारु गरिएको नेपाल विद्युत प्राधिकरणद्वारा सञ्चालित राहुघाट जलविद्युत आयोजनाको प्रर्वद्धक रघुगंगा हाइड्रोका प्रशासकीय अधिकृत मदन गिरीले जानकारी दिए । 

भारतीय ठेकेदार कम्पनी जयप्रकाश (जे.पी) एसोसियट्सका पाँच सय जना मजदुरहरु आयोजनामा परिचालित छन् । चैत ११ देखि करिब तीन हप्तासम्म आयोजनाको काम रोकीएको थियो । काम नहुँदा मजदुरहरु क्याम्पमा बसेका थिए । ‘मजदुर, उपकरण र निर्माण सामग्री भएकाले समुदायमा असर नपुग्ने गरेर सुरक्षा सतर्कता अपनाएर काम अघि बढाएका हौँ,’ रघुगंगा हाइड्रोका प्रबन्ध सञ्चालक गणेश केसीले भने, ‘प्रशासन, सुरक्षा निकाय, गाउँपालिका, ठेकेदार र समुदायसंग समन्वय गरेका छौँ ।’

अन्नपूर्ण गाउँपालिकाको नारच्याङ स्थित ११० मेगावाट क्षमताको निलगिरी र निलगिरी क्यासकेट, ४२ मेगावाटको मिस्त्री, १४ मेगावाटको घारखोला जलविद्युत आयोजना निर्माणाधीन छन् । रघुगंगा गाउँपालिकामा ३७.५ मेगावाटको राहुघाट मंगले जलविद्युत आयोजनाको पहुँचमार्ग निर्माण भैरहेको छ । 

मालिका गाउँपालिकामा २५ मेगावाट क्षमताको दरवाङ म्याग्दीखोला जलविद्युत आयोजना, डाँडाखेत र रातोढुङ्गा सब स्टेशन निर्माणाधीन छन् । धवलागिरी गाउँपालिकामा ५० मेगावाटको म्याग्दीखोला जलविद्युत आयोजनाको पहुँचमार्ग निर्माण भैरहेको छ । 

मजदुर, प्राविधिक र कर्मचारी घर गएकाले निलगिरिखोला जलविद्युतको काम भने रोकिएको छ । निर्माणको अन्तिम चरणमा रहेको मिस्त्रीखोलाको बाँध, टनेल, पेनस्टक परीक्षण र पावर हाउसमा उपकरण जडान भैरहेको छ ।  बेनी–जोमसोम, पोखरेबगर–घार, बेनी–दरवाङ, रत्नेचौर–बेनी सडक आयोजनाको काम भने रोकीएका निर्माण ब्यवसायी संघ म्याग्दीका अध्यक्ष नारायण जिसीले बताए । सडक, सिचाई, नदी नियन्त्रण र भवनका योजनामा काम गर्ने धेरै मजदुरहरु घर गएका छन् । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.