सरकारलाई मजदुरको प्रश्न : लकडाउनले घरमा बसियो, परिवारको उपचार कसरी गर्ने ? (भिडियो)

सरकारलाई मजदुरको प्रश्न : लकडाउनले घरमा बसियो, परिवारको उपचार कसरी गर्ने ? (भिडियो)

भैरहवा : दैनिक ज्यालादारी गर्ने मजदुरहरु लकडाउनको पालना गर्दै घरमा ‘बन्द’ छन् । मजदुरी गर्न नपाएका उनीहरुलाई भोकले पिर्न थालेको छ ।

रुपन्देहीको कोटहीमाई गाउँपालिका तुनिहवाका सराफत पठानको परिवारलाई लकडाउनले ‘सताउन’थालेको छ । उनी दैनिक ज्याला मजदुरी गरेर परिवारको गुजारा चलाउँदै आएका थिए । मर्चवार क्षेत्रमा अधिक मजदुर छन् । तर, कोरोना संक्रमणलाई फैलिनबाट रोक्न सरकारले लागु गरेको राहतविहीन लकडाउनले पठान जस्ता मजदुरहरु समस्या पर्न थालेका छन् ।

बिहान काम गरेर साँझ खाने आफूजस्ता मजदुरहरुलाई लकडाउनले निकै समस्या परेको उनले बताए । ‘एक त भोको पेटले सताइरहेको छ , त्यसमाथि छोराछोरी बिरामी परिरहेका छन्’, ज्यालादारी मजदुर पठानले प्रश्न गर्दै अन्नपूर्णसगँ भने, ‘गाउँघरमा हुनेसँग मागेर भए पनि नुन रोटी खाइएला तर लकडाउनले घरमा बसेपछि पैसाले हुने छोराछोरीको उपचार कसरी गराऊँ ?'

उनले थपे, ‘छोराछोरी बिरामी परेपछि स्थानीय क्लिनिकमा ८ सय रुपैयाँको उधारोमा उपचार गराएँ तर अब पैसा माग्दै छन् । कहाँ बाट दिऊँ । चिन्ताले सताएको छ ।’

उनले आफूलाई पनि रगत बग्ने स्वास्थ्य समस्या रहेको तर रकमको अभावमा उपचार गराउन नसकेको गुनासो पोखे । सरकारको निर्देशनलाई पालना गर्दै  काम छाडेर घरमा बसेकोले स्वास्थ्य समस्या समाधानका लागि सरकारले कदम चाल्नुपर्ने उनको माग छ ।

पठान एक प्रतिनिधिमूलक पात्र मात्र हुन् । पठान जस्तै अन्य दैनिक ज्यालादारी मजदुरहरुको पनि उस्तै समस्या छ । तर, सरकारले मजदुरको समस्यामा आखाँ, कान र मुख बन्द गरेको उनको आरोप छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.