संक्रमण फैलन नदिन तयारी तिव्र
उदयपुर : एकै पटक एकै ठाउँबाट १३ जनामा नोवेल कोरोना भाइरसको संक्रमण देखिएपछि महामारी नियन्त्रणका लागि त्रियुगा नगरपालिकाले तयारी तिव्र बनाएको छ। महमारी फैलन नदिन नगरपालिकाले आपतकालीन बैठकको आयोजना गरी केन्द्र, प्रदेश र सहयोगी निकायसँग सहयोगको अपिल गरेको छ।
उनले भने, ‘क्वारेन्टाइनका लागि हालसम्म त्रियुगा जनता वहुमुखि क्याम्पसमा २५ वेड तयार भएको छ, त्यतिले मात्र नपुग्ने अवश्था भएकाले थप गर्ने सोचका साथ तयारी थालिएको छ।'
‘क्वारेन्टाइनको क्षमता विस्तारका लागि सामाजिक संघसंस्थालाई अपिल गरेका छौ', उनले भने, ‘बिरामीलाई राख्न कोठा, कपडा, झुल, त्रिपाल लगायतका सामग्री चाहिन्छ, जुन हामीबाट सम्भव नभएकाले सहयोग मागेका छौँ।'
यसबाहेक बस्तिमा औषधि छिट्ने, बस्तीलाई शिल गर्ने, नाका बन्द गर्ने, बजार पसल ठप्प पार्ने, सर्वसाधरण तथा सवारी साधनको आवतजावतमा कडाइ गर्ने, सचेतनामुलक प्रचार प्रसारलाई तीव्रता दिने काम भइरहेको मेयर चौधरीले बताए। एकैपटक संक्रमितको संख्या देशकै सबैभन्दा बढी त्रियुगा नगरक्षेत्रमा देखापरेपछि नगरपालिकाले संक्रमणलाई रोक्न तयारी तीव्र बनाउनुका साथै एक अपील जारी गरी जनतालाई नअतालिन अनुरोध गरेको छ।
क्वारेन्टाइनको आवास गृहमा वर्ल्डभिजनको सहयोग
कोरोना भाइरस महामारी नियन्त्रणका लागि त्रियुगा नगरपालिकाले तयारी गरेको क्वारेन्टाइनको आवास व्यवस्थापनमा वर्ल्डभिजनले सहयोग गरेको छ।
नगरपालिकाले आवासीय सामग्री सहयोगका लागि वर्ल्डभिजनलाई पत्रचार गरेपछि सोमबार पार्टनर संस्था जाल्पा एकीकृत विकास, हुरेण्डेक र नेस्पेक संस्थामार्फत २ लाख ८ हजार ५ सय ६२ रुपैँयाको आवसीय सामग्री सहयोग गरिएको हो।
वर्ल्डभिजनले क्वारेन्टाइनमा रहेकालाई ओढ्ने कम्मल ७० थान, त्रिपाल ७० थान, झुल ३५, नाइलन रोप ७० वटा, पलाष्टिक गुन्द्रि २६, वकेट बीस लिटरको ३७ र जर्किन ७४ वटा उपलब्ध गराएको जाल्पा एकिकृत विकास संस्थाका सदस्य सुमन परियारले जानकारी दिए।
संस्थाले नगरपालिकाका मेयर बलदेव चौधरीलाई सबै सामग्री हस्तान्तरण गरेको हो। वर्ल्डभिजनले कारागारका कैदीबन्दीको अवश्थालाई ध्यान दिँदै कम्मल, झुल, त्रिपाल, नाइलन रोप, गुन्द्रि, वकेट र जर्किन २०=२० थानका दरले उपलब्ध गराएको हुरेण्डेकका अध्यक्ष शंकरबहादुर थापाले जानकारी दिए।
जिल्लाको अवश्था भयाभह बन्दै गएपछि स्वास्थ्य कार्यालयलाईसमेत ५-५ थान झुल र कम्मल उपलब्ध गराइएको छ। एम्बुलेन्स २४ घण्टा तयारी अवश्थामा कार्यालयमै राख्नु पर्ने भएपछि कार्यालयले एम्बुलेन्स चालकले प्रयोग गर्नेगरी झुल र कम्मल संस्थासँग माग गरेको थियो।