उदयपुरमा चट्याङ लागेर ६ जना घाइते

उदयपुरमा चट्याङ लागेर ६ जना घाइते

उदयपुर : उदयपुरको विभिन्न ठाँउमा चट्याङले लागेर ६ जना घाइते भएका छन् । सोमबार राती हावाहुरी र वर्षासँगै चट्याङले लागेर ६ सर्वसाधरणसहित पशुचौपायामा क्षति पुगेको हो । 

कटारी नगरपालिका ११ बेतीनीका ५५ वर्षीय चन्द्रबहादुर आलेमगरको घरमा चट्याङ पर्दा चन्द्रबहादुर, श्रीमती ४८ वर्षीया मनकुमारी, आमा ७० वर्षीया मनमाया, छिमकी १६ वर्षीय सुमन मगर, वडानं ६ रिस्कुका १२ वर्षीय अस्मान राई र त्रियुगा नगरपालिका ५ दमौतिका २७ वर्षीया सुस्मा मगर घाइते भएका छन् । 

घाइते चन्द्रबहादुरको आँखा, मनकुमारीको खुट्टा, आमा मनमायाको कुम, सुमनको टाउको, अस्मानको छाती र सुस्माको पाखुरामा चोट लागेको जिल्ला प्रहरी कार्यालयका एसपी विरबहादुर बुढामगरले जानकारी दिए । 

घाइतको जिल्ला अस्पताल र कटारी अस्पतालमा उपचार भइरहेको एसपी मगरले बताए । चट्याङले लागेर चन्द्रबहादुरको खोरमा बाँधेको १ माउँ बाख्रा, कटारीका खुमबहादुरको ३ वटा बंगुर र धनकुमारीको २ वटा बंगुर पनि मरेका थिए।
    
यसैबीच सोमबार रातीको हावाहुरीले त्रियुगा नपा ६ का कृष्णप्रसाद ढुङगानाको २ तले घरको जस्ताको छाना उडाउँदा ८० हजार बराबरको क्षति भएको जनाइएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.