शिक्षकलाई अनलाइनबाट तालिम

शिक्षकलाई अनलाइनबाट तालिम

बेनी : कोरोना भाइरस रोकथामका लागि गरिएको लकडाउन (बन्दाबन्दी)को समयमा शिक्षकलाई अनलाइनबाट तालिम सञ्चालन गरिएको छ । एकीकृत अखिल नेपाल शिक्षक संगठनले ‘भर्चुअल’ माध्यमबाट देशका विभिन्न ठाउँमा रहेका शिक्षकलाई सम्पर्कमा जोडेर प्रविधिमैत्री तालिम सञ्चालन गरेको हो । 

संगठनको पोखरा महानगर कमिटीले प्रदेश र केन्द्रीय समितिसँग समन्वय गरेर वैशाख ६ गतेदेखि तालिम सञ्चालन गरिरहेको छ । बन्दाबन्दीका कारण घरमै बसेका शिक्षकको क्षमता विकासका लागि प्रविधिको प्रयोग गरेर तालिम सञ्चालन गरिएको संगठनका गण्डकी प्रदेश कमिटी अध्यक्ष सोमनाथ ढुङ्गानाले जानकारी दिए ।  

‘शिक्षकलाई प्रविधिमैत्री बनाउन बन्दाबन्दीको फुर्सदको समयलाई सदुपयोग गरिएको छ,’ उनले भने ‘शिक्षकको क्षमता विकास गरी शिक्षण विधिमा परिवर्तन र विद्यार्थीको सिकाइ उपलब्धि बढाउने उद्देश्यले अनलाइनबाट तालिम चलाएका हौँ ।’ 

शिक्षकहरुलाई नवीनतम शिक्षण विधि र प्रविधिको विषयमा विषय विशेषज्ञहरुले घरबाटै प्रशिक्षण दिने व्यवस्था मिलाएको संगठनका महानगर समितिका अध्यक्ष भुवन सुवेदीले बताए । 

जुम एप्लीकेशन प्रयोग गरेर हरेक दिन दिउँसो १ बजेदेखि ४० मिनेटसम्म तालिम सञ्चालन गरिएको छ । तालिमको चौथो दिनसम्म ८० जना शिक्षक आवद्ध भएका छन् । पहिलो दिन प्रविधिमैत्री शिक्षक समाजका महासचिव देवीप्रसाद शर्माले प्रविधिमैत्रि शिक्षक र प्रविधिमैत्री विद्यार्थी शीर्षकमा सहजीकरण गरेका थिए ।  

दोस्रो दिन डिजिटल लाइब्रेरीको प्रयोगका विषयमा सुशील उप्रेतीले तालिम दिए । तेस्रो दिनको तालिममा छवी आचार्यले माइक्रोसफ्ट एक्सलको प्रयोगका विषयमा जानकारी गराएल। चौथो दिन खुल्ला विश्वविद्यालयका प्राध्यापक डाक्टर लेखनाथ शर्माले विद्यालय तहमा खुल्ला शिक्षाको सम्भावना र चुनौतिका विषमा प्रशिक्षण दिएका थिए । 

पावर पोइन्ट, मल्टीमिडिया, टेलीटिचिङ आदी माध्यमको विषयमा पनि प्रशिक्षण दिइने संगठनले जनाएको छ । तालिममा सहभागी म्याग्दीका शिक्षक मुक्ति पौडेलले घरमै बसेर नयाँ शिक्षण बिधिको बारेमा सिक्ने अवसर पाएको बताए । 

बन्दाबन्दीमा बसिरहेका शिक्षकहरुको समयको सदुपयोगसँगै विद्यालय बन्द रहेको अवस्थामा कसरी विद्यार्थीलाई प्रविधिको प्रयोग मार्फत् शिक्षण गर्न सकिन्छ भन्ने विषयमा सञ्चालन गरिएको तालिम प्रभावकारी देखिएको छ । 
 
  

शिक्षकहरुलाई सञ्चालन गरिएको भर्चुअल तालिममा सहभागिहरु । तस्बिर अन्नपूर्ण 


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.