थुनामा रहेका युवाको आरडिटी पोजिटिभ

थुनामा रहेका युवाको आरडिटी पोजिटिभ

राजविराज : सालाको कान काटेको आरोपमा पक्राउ परेका एक आरोपितलाई जचाउँदा कोरोना सङ्क्रमणको लक्षण देखिएको छ । थुनामा राख्नु अघि गजेन्द्रनारायण सिंह अस्पताल, राजविराजमा आरडिटी परीक्षण गराउँदा ४८ वर्षीय व्यक्तिको रिपोर्ट पोजिटिभ आएको अस्पतालका वरिष्ठ कन्सल्टेन्ट जनरल फिजिसियन डा. रणजित झाले बताए ।

कदमको रुख काटने विषयमा विवाद हुँदा घरज्वाई बसेका आरोपितले डाकनेश्वरी नगरपालिका ४ भुतहीका ४० वर्षीय सोगबिर रामको कान छिनाएका हुन् । आमा सियावती रामको नाममा रहेको जमिनमा फलेको कदमको रुख आ-आफ्नो भागमा परेको दाबी गर्दै भिनाजु र सालाबीच विवाद चल्दै आएको छ । रुख काटन गएका भिनाजुलाई रोक्न खोज्दा धारिलो हतियारले प्रहार गरेर कान नै अलग पारी दिएको घाइतेले बताए । 

घाँटी छिनाउने गरी प्रहार गरेकोमा जोगिन खोज्दा धारले लागेर दायाँ कान छिनिएको घाइतेका दाजु रघुबीर रामले बताए । घाइतेको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।  

सप्तरीको चनही मल्हनिया घर भएका आरोपित बेहेपछि ससुरालीमा घरज्वाई बस्दै आएका छन् । सासूआमाको मृत्यु पछि भिनाजु र सालाबीच जमिनका विषयमा विवाद छ । कान छिनाएको आरोपमा पक्राउ परेका आरोपितमा संक्रमणको लक्षण देखिएपछि उनलाई थुनामा नराखी राजविराजस्थित अस्पतालको आइसोलेसनमा राखिएको छ ।

उनको बुधबार पीसीआर विधिबाट परीक्षणका लागि स्वाब निकालेर धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाउन लागिएको राजविराज अस्पतालले जनाएको छ । उनलाई पक्राउ गरी ल्याउने प्रहरीलाई होम क्वारेन्टाइनमा बस्न भनिएको छ ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.