उदयपुरको कोरोना संक्रमित क्षेत्रमा मन्त्रीको अनुगमन

उदयपुरको कोरोना संक्रमित क्षेत्रमा मन्त्रीको अनुगमन

उदयपुर : कोरोना भाइरस (कोभिड-१९) संक्रमित क्षेत्र उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केमा पहिलोपटक प्रदेश सरकारको तर्फबाट सामाजिक विकासमन्त्री जीवन घिमिरेले उपस्थिति जनाएका छन् । बिहीबार बिहान नेपाली सेनाको पूर्वीपृतनापतिसहित संक्रमित क्षेत्र आइपुगेका मन्त्री घिमिरेले संक्रमणपछिको अवस्था, रोकथाम, नियन्त्रणका प्रयास, स्थानीयका समस्यालगायतका समग्र जिल्लाको अवश्थाका बारेमा सरोकारवालासँग छलफल गरेका थिए । 

अढाई घण्टा छलफलमा जुटेका मन्त्री घिमिरेलाई जनप्रतिनिधि, प्रशासन, सुरक्षा निकाय र स्वास्थ्यकर्मीसहितका ११ जनाले जिल्लाको विकसित घटनाक्रमका बारेमा जानकारी गराएका थिए । उनीहरुले उठाएका विषयमा जवाफ दिँदै मन्त्री घिमिरेले संक्रमण कहाँबाट फैलियो भन्ने कुराको अन्तिम टुङ्गोमा प्रदेश सरकार पुग्न लागेको बताए । 

उनले भने, 'भारतको युपिमा उर्धुभाषा अध्ययन गरेर घर फर्किएका र दुबईबाट आएका व्यक्तिमध्ये एकजनाबाट संक्रमण फैलिएको हो भन्ने निष्कर्षमा हामी पुग्न लागेका छौं, 'सुक्ष्मअध्ययनले भारतबाट आएका युवाकै घरका पाँच सदस्यमा संक्रमण फैलिएको छ, मन्त्री घिमिरेले भने, 'अब अरुभन्दा पनि ती युवाबाटै संक्रमण फैलिएको भन्नेमा हामी पुगिसकेका छौं, यधपि दुबईबाट आएकाको पनि बुझ्दैछौं ।'

मन्त्री घिमिरेले भारतबाट आएका १२ जना जमातीले संक्रमण ल्याएको हो भन्नेमा आफूहरु विश्वस्थ नरहेको दावी गरे । उनले भने, 'रोग कहाँबाट आएको भन्ने निदानमा हामी पुगिसकेका छौं, त्यसैले अब यसबीचमा उनीहरुसँग क-कसको संगत भयो, कहाँ-कहाँ पुगे भन्नेको खोजी गरी उपचार विधिलाई फराकिलो बनाउँछौं।'

प्रारम्भिक अनुसन्धानमा उनीहरुको सम्र्पक २ सय ५१ जनासँग पुगेको भन्ने छ,' मन्त्री घिमिरेले भने, 'ती व्यक्तिको चाँडै परीक्षण गरिनेछ ।'

स्वास्थ्यउपचारका सन्र्दभमा मन्त्री घिमिरेल कोशी अञ्चल अस्पतालमा १ सय जनाको रहेको र त्यसले धान्न नसक्ने अबश्था सृजना हुँदै गएकाले विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा तत्काल १ जनालाई एकैसाथ उपचार हुने गरी प्रकृया अघि बढाएको जानकारी दिए । धरानले एक सय जना थेग्न नसकेको अवस्थामा पुरै खाली गरेर एक हजार पुर्याउने लक्ष्य रहेको बताए । 

मन्त्री घिमिरले उदयपुरमा कोरोनो उपचार केन्द्र बनाउनका लागि एक करोड बजेट विनियोजन भइसकेकाले तत्काल प्रक्रिया अघि बढाउन अस्पताल विकास समितिलाई निर्देशन दिए । तीन तहका सरकार बीच समन्वयमा कमि भएको स्वीकार गर्दै मन्त्री घिमिरेले स्वास्थ्य सामग्री अभाव मुलुकै रहेकाले त्यसका वावजुद बिहीबारदेखि उदयपुरमा अभाव हुन नदिने व्यवस्था मिलाइएको बताए ।

छलफलमा सबैभन्दा अगाडी फ्रन्टमा खटिएका स्वास्थ्यकर्मीको तर्फबाट स्वास्थ्य कार्यालयका प्रमुख मोहन सुवेदीले स्वास्थ्य सामग्री, दक्ष जनशक्ति लगायतका सुरक्षाकवजहरु अभाव रहेकाले तत्काल आपुर्ति गरिदिन आग्रह गरे ।

उनले जिल्लाका विभिन्न ठाउँका ४ सय ५ जनामा गरिएको स्वाब परीक्षण मध्ये २८ जनामो कोरोना पुष्टि भएको जानकारी दिए । संक्रमित क्षेत्रका जनप्रतिनिधि त्रियुगा नगरपालिकाका प्रमुख बलदेव चौधरीले संक्रमित क्षेत्रमा आउजाउँ भएका २ सय ५ जनाको स्वाव र २ हजार १ सय जनाको र्‍यापिड परीक्षण तत्काल गर्नुपर्ने अवस्था आएको बताए । उनले स्वाब परीक्षण धरान र बिराटनगरमा मात्र हुने भएकाले संकलनलगायतका प्राविधिक काममा असहज भएकाले सहजिकरण गरिदिन आग्रह गरे । 

प्रमुख जिल्ला अधिकारी दिपक पहाडीले प्रदेश सरकारले उदयपुर जिल्लालाई सिल गर्ने निर्णय गरेपनि अन्य प्रदेशसँग समन्वय नहुँदा वाहिर जिल्लाबाट सर्वसाधारण आउनेक्रम नरोकिएको बताए । उनले यो वेला उ र त्यो भनेर एक अर्कामा दोषारोपण गर्नुभन्दा सबैले जिम्वेवार भएर काम गर्नुपर्ने बताए । 

प्रदेश सांसद विमल कार्की, नारायण बुर्जामगर, अम्बिका थापा, जिल्ला समन्वय समितिका प्रमुख खड्गबहादुर परियारले लकडाउन थपिदै जाँदा किसान, मजदुरको जीवनयापन कष्टकर बन्दै जानुकासाथै किसानले खेती गर्न र उत्पादन गरेका बस्तु विक्री गर्न नपाएको गुनासो पोखे । उनीहरुले अस्पतालमा आएका बिरामीलाई चिकित्सकले उपचार गर्न नमान्ने, एम्बुलेन्स चालकले विरामी बोक्न नमान्ने जस्तो समस्या देखिदै गएको बताए । 

जिल्ला कोरोना भाइरस (कोभिड-१९)को संक्रमण संख्या २८ जना पुगेसँगै स्थानीय प्रशासनले लकडाउनलाई थप कडाई गर्दै आएको छ भने संक्रमिति क्षेत्र पुर्णसिल गरिएको छ । उक्त क्षेत्रमा नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीले घेरा हालेको छ । सर्वसाधरणलाई आउजाउमा पुर्ण रोक लगाएपछि जीवनयापनमासमेत असहज बन्दै गएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.