प्रहरीबाटै कुटिए बाबुछोरा

प्रहरीबाटै कुटिए बाबुछोरा

उदयपुर : सुरक्षाकर्मीबाटै कुटपिट भएपछि उदयपुरको बेलका नगरपालिका-३ नेवारेटोलका १९ वर्षीय अनुराग श्रेष्ठ न्यायका लागि भौतारिएका छन्। बैशाख ९ गते राति इलाका प्रहरी कार्यालय रामपुरबाट साधा पोशाकमा आएका प्रहरी जवानद्धय सत्यनारायण चन्द वंशी र नरबहादुर कार्कीले आफु र ५५ वर्षीय बुवा कुमार श्रेष्ठमाथि अन्धाधुन्द कुटपिट गरेको बताएका छन्। उनले भने, 'बुवा र म राति ढोका लगाएर सुतिसकेका थियौं। करिव १२ बजेको समयमा आाएका प्रहरीले हामी प्रहरी हौँ ढोका खोल भने, राम्रोसँग खोल्न नपाई जाइलागे। एक्कासी बुवामाथि पहिलो प्रहार भयो। किन बुवालाई कुटपिट गरेको भन्दा आमालाई निकाल्ने त हैनस भन्दै मुक्का प्रहार गरे। कुरै नबुझी छलफल नै नगरी अन्धाधुन्ध मुक्का प्रहार भयो। हामीले कुनै प्रतिवाद गर्न पाएनौं, हामी दुबै ढलेपछि आमालाई राखिनस भने फेरी आएर कुटछौं भन्दै हिँडे' उनलेभने।

'जनताको सुरक्षाको निम्ति खटिने प्रहरीबाटै यस्तो व्यवहार भयो भने को सुरक्षित हुने' अनुरागले भने 'बरु गालि गरेको भए हुन्थ्यो। सिधै कुटपिट भयो। त्यसैले आफु अन्यायमा परेको ढानेर तपाईहरुसँग आएको हुँ।' कुटपिट गर्ने प्रहरीविरुद्ध उनले इलाका प्रहरी कार्यालयमा निवेदन दिएका छन्।

निवेदन बोकेर बेलका नगर प्रमुख दुर्गाकुमार थापाको कार्यकक्ष पुगेका अनुरागलाई नगर प्रमुखले प्रहरीको निकायमा निवेदन दिएका छन्। त्यहाँबाट कारवाही नभए अन्य निकायमा जान सुझाब दिएको उनले बताए। नगर प्रमुख थापाले प्रहरीले ज्यादती गरेको बताए। कुटपिटको बिषयमा इप्रका रामपुरका इन्स्पेक्टर रामचन्द्र साहले स्वीकार गरे। जवानद्धयले कुटपिट गरेको बचाउ गर्दै उनले भने 'राति ११ बजे मलाई घरबाट बुवा र छोरा मिलेर निकाले भन्दै आमा रुँदै प्रहरीकोमा आइन्। त्यसपछि घर गएर ढोका खोल्न आग्रह गर्दा नमानेपछि हातपात गरेको हौं।' सामान्य बिषय भएकाले मिलापत्र गरिने बताए। 'एउटालाई न्याय दिँदा अर्कोलाई अन्याय गर्नै पर्दो रहेछ' उनले भने 'महिलामाथि अन्याय भएकाले दुई चार थप्पड हानेको हो।' अंश लिएर अलग्गै घरमा बस्दै आएकी आमा निहुँ खोज्दै आएकाले झगडा गर्नुभन्दा बरु आफुहरु ढोका थुनेर भित्र बस्नु नै बेस सम्झेरभित्रै बसेको अनुरागले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.