कोभिड-१९ का कारण कोलोराडो निबासी कार्कीको मृत्यु
अमेरिका : कोभिड–१९ कोरोना भाइरसका कारण अमेरिकाको कोलोराडो राज्यमा बस्ने एक गैरआवासीय नेपालीको मृत्यु भएको छ । कोलोराडोस्थित बोल्डर क्षेत्रमा बस्दै आएका ६१ वर्षीय लोकेन्द्र कार्कीको निधन भएको हो ।
बोल्डरस्थित कम्युनिटी अस्पतालमा उपचारका क्रममा उनको निधन भएको कार्कीका निकट पारस ओझाले जानकारी दिए। ११ दिनअघि उनी कोभिड–१९ को उपचारका लागि अस्पताल भर्ना भएका थिए ।
नेपालमा विराटनगर महानगरपालिका वडा ३ घर भएका कार्कीका एक श्रीमती, एक छोरा र दुई छोरी छन् । कार्कीकी श्रीमती र कान्छी छोरी केही समयका लागि नेपाल गएको छन्। कार्की नेपालमा छँदा प्रहरी सेवामा कार्यरत थिए।