प्रदेश २ मा पीसीआर परीक्षणमा तीव्रता : सप्तरीबाट १६१ स्वाब धरान पठाइयो

प्रदेश २ मा  पीसीआर परीक्षणमा तीव्रता : सप्तरीबाट १६१ स्वाब धरान पठाइयो

राजविराज : प्रदेश २ का पाँचजनामा तथा सीमानाको जिल्ला उदयपुरको त्रियुगा नगरपालिका-३ भुल्केमा २८ जनामा कोरोना संक्रमित पुष्टि भएपछि सप्तरी, सिरहासहित प्रदेश २ मा ठूलो सङ्ख्यामा पीसीआर परीक्षणमा तीव्रता दिइएको छ ।

सप्तरीको बोदे बर्साइन नगरपालिका प्रमुख आतेश सिंह यादवका अनुसार प्राविधिकको टोलीले शनिबार बोदे बर्साइन-५ को चन्द्रा नमूना माविमा १५ महिलासहित १ सय ६१ जनाको स्वाब संकलन गरेको छ। 

शिलाजित र हिंग बेच्न आएका जुम्लाका तीन घुमन्ते व्यापारीसहित सप्तरीको बोदे बर्साइनका १ सय १३, डाकनेश्वरीका २८, सुरुङ्गाका १२, खडक नगरपालिकाका दुई र बलान बिहुल गाउँपालिकाका तीनजनाको स्वाब संकलन गरिएको स्वास्थ्य कार्यालय, सप्तरीले जानकारी दिएको छ। 

यस्तै सिरहाको लहानमा ६९, गोलबजारमा ६४, मिर्चैया नगरपालिकामा ६० र अर्नमा गाउँपालिकामा ५० जना गरी २ सय ४३ जनाको स्वाब संकलन गरिएको सिराहाका प्रमुख जिल्ला अधिकारी सरोज गुरागाईंले जानकारी दिए ।

स्वास्थ्य मन्त्रालयले भिटिएमसहित विज्ञ प्राविधिक स्वास्थ्यकर्मीको टोलीलाई प्रदेश २ का आठवटै जिल्लाको २७ स्थानमा कोरोना संक्रमितको स्वाब संकलन गर्न खटाएको छ । जोखिमयुक्त स्थानमा १ हजार ५ सय २० जनाको पीसीआर नमूना संकलन गर्ने लक्ष्यसहित खटिएको टोलीले आइतबार पनि स्वाब संकलन गरिरहेको छ । शनिबार नसकिएपछि सप्तरीको सुरुङ्गा र सप्तकोशी नगरपालिका तथा सिरहाको कल्याणपुर र सिरहा नगरपालिकामा आइतबार स्वाब संकलन गरिँदै छ ।

स्वास्थ्य मन्त्रालय स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा, मेडिकल ल्यावोरेटरी एसोसिएसन अफ नेपाल (मेलान), नेपाली सेना, नेपाल प्रहरीबाट खटिएको प्राविधिक टोलीले स्वाब संकलन गरिरहेका छन् । सप्तरीबाट करिब ३ सय २० र सिरहाबाट ४ सय जनाको स्वाब संकलन गरिने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका फणिन्द्र ज्ञवालीले जानकारी दिए ।

प्रदेश २ का सामाजिक विकास मन्त्रालयका सचिव रामप्रसाद घिमिरेले पीसीआर नमूना संकलन गर्न केन्द्रीय प्रयोगशाला काठमाडौंबाट आएको ६ र जनकपुरका दुई गरी ८ टोली स्वाब संकलनमा परिचालित भएको बताए। सप्तरीमा संकलन गरिएका स्वाबको नमूना परीक्षणका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र प्रदेश २ का अन्य जिल्लाको स्वाब काठमाडौंको टेकुस्थित राष्ट्रिय प्रयोगशाला पठाइने ज्ञवालीले जानकारी दिए ।

बोदे बर्साइन नगरपालिका-५ जाँजरमा फागुन ३ देखि ५ गतेसम्म भएको धार्मिक सभा 'इज्तिमा' मा सहभागी एक लाख भन्दा बढी इस्लाम धर्मालम्बी नै जमातीका हैसियतले विभिन्न मस्जिदमा गएकोले सो क्षेत्रलाई जोखिमयुक्त ठहर गर्दै स्वाब संकलन गरिएको हो ।

यस्तै उदयपुरको त्रियुगा नगरपालिका-३ भुल्केस्थित मस्जिदमा फेला परेका संक्रमित जमातीहरू सप्तरीको सप्तकोशी नगरपालिका-१ फत्तेपुरस्थित मस्जिदमा बसेर गएको तथा संक्रमित पुष्टि भएको भुल्केका २८ जनामध्ये दुईजना सप्तरीको सुरुङ्गा नगरपालिका-११ अरहा भजक्काको स्थायी वासिन्दा भएकाले सो क्षेत्रमा स्वाब संकलन गर्न लागिएको सप्तरीका प्रमुख जिल्ला अधिकारी सुनिल खनालले बताए।  

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.