पोखराको कृषि बजारमा सेनिटाइज टनेल

पोखराको कृषि बजारमा सेनिटाइज टनेल

पोखरा : पश्चिमाञ्चल क्षेत्रीय अस्पताल र आफ्नै कार्यालयपछि पोखरा महानगरपालिकाले कृषि बजारमा स्वचालित सेनिटाइज टनेल जडान गरेको छ। स्वाचालित सेनिटाइज टनेल आइतबार महानगरले कृषि बजार उपजलाई हस्तान्तरण गर्‍यो। कोरोना भाइरस मानिसका कपडाबाट नफैलियोस् भनी सेनिटाइजर गर्न टनेल बनाएर महानगरले दिएको हो। 

महानगरपालिकाका मेयर मानबहादुर जिसीले कृषि बजार उपजको बजार व्यवस्थापन समितिलाई आइतबार उक्त टनेल हस्तान्तरण गरेका हुन्। मेयर जिसीले कृषि बजार उपजमा पनि मानिसका भीडभाड हुने भएकाले कोरोनाको संक्रमणलाई न्यूनीकरण गर्न महानगरले टनेल जडान गरेको बताए। ‘भीडभाड हुने सरकारी कार्यालयहरु, अस्पतालहरु, डिपार्टमेन्ट स्टोर्स लगायतमा पनि टनेल जडान गर्नुपर्छ’, उनले भने। 

कृषि बजार उपज बजार व्यवस्थापन समितिका अध्यक्ष छेवाङ लामाले महानगरले कृषि बजारलाई महत्व दिएर टनेल जडान गरिदिएकोमा महानगरप्रति आभार व्यक्त गरे। पोखरा विश्वविद्यालयको नेपाल इनोभेसन टेक्नोलोजी एन्ड इन्टरप्रेनियरसिपका रवि भण्डारी, विनोद भट्टराई, विनोद गिरी, सरोज कोइरालाको टिमले टनेल निर्माण गरेको हो।

महानगरपालिकाले नगरवासीका गुनासो सुनेर सम्भव भएसम्म तत्काल सम्बोधन गर्न पैसा नलाग्ने हटलाइन नम्बर ११८१ र ११८६ समेत सञ्चालन गरेको छ। नगरबासीले आफूलाई परेका समस्या टोलफ्री नम्बर ११८१ र ११८६ मा फोन गरेर टिपाउन सक्ने महानगरले बताएको छ। वैशाख ३ गतेदेखि ११८१ नबर सञ्चालन भएकोमा अर्को नम्बर ११८६ आइतबारदेखि सञ्चालनमा आएको हो। 

कोरोना भाइरसको महामारीको समयमा नगरवासीका स्वास्थ्य सम्बन्धी गुनासा, लकडाउनले जोखिममा परेका समुदायको समस्या लगायत नगरवासीका हरेक गुनासो सुनेर सम्भव भएसम्म तत्काल सम्बोधन गर्न टिम पनि बनाइएको पोखरा महानगरपालिका सूचना अधिकारी भरतराज पौडेलले बताए। समस्यामा परेका व्यक्तिहरुको उद्धार गर्नुपरेमा पनि ११८१ र ११८६ नम्बरमा फोन गरेर जानकारी दिन सकिने महानगरपालिकाले बताएको छ।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.