क्‍वारेन्टाइनमै जातीय विभेद !

क्‍वारेन्टाइनमै जातीय विभेद !

बेनी : म्याग्दीको क्वारेन्टाइन (एकान्तबासमा) जातीय विभेद भएको त्यहाँ बसेकाले गुनासो गरेका छन् ।  सदरमुकाम बेनीको न्यु वेष्ट पोइन्ट आवासीय माविमा सञ्‍चालित क्वारेन्टाइनमा (एकान्तबास)मा बसेकाले जातीय आधारमा फरक व्यवहार भएको बताएका छन् । 

यसैगरी क्वारेन्टाइनमा खाना र सरसफाइको व्यवस्थापन राम्रो नभएको, स्वास्थ्य परीक्षण गर्न बेवास्ता गरिएको, बसेकाले सामाजिक दूरी कायम नगरेको गुनासो गरेका छन् ।
 

वैशाख १२ गते काठमाडौबाट आएर वेष्ट पोइन्टको क्वारेन्टाइनमा बसेका बादल शाहीले जातीय छुवाछुत भएको बताए । 'क्वारेन्टाइनमा पनि छुवाछुत, कुनै निकाय छ भने त्यहाँसम्म पुगोस्,' उनले सामाजिक सञ्‍जाल फेसबुकमा भनेका छन् 'जातको नाममा गरिने भेदभाव अझै कायम रहेछ ।'
 
खाना, खाजा, पानी खाने विषयमा दलित समुदायकालाई अन्य समुदायका व्यक्तिले गलत व्यवहार गरेको उनले बताए । क्वारेन्टाइनमा राखिए पनि स्वास्थ्य परीक्षणका लागि कोही पनि नआएको त्यहाँ बसेकाको गुनासो छ । 

कोभिड-१९ जिल्ला कमाण्ड पोष्टका अध्यक्ष समेत रहेका प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले विभेद भएको गुनासोको विषयमा त्यहाँ गएर बुझ्ने र व्यवस्थापनका लागि बेनी नगरपालिकालाई अनुरोध गरेको बताए । 

बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छवीलाल सुवेदीले मंगलबार सरसफाइ र स्वास्थ्य परीक्षणका लागि क्वारेन्टाइनमा कर्मचारी पठाइने बताए । विदेशबाट आएकाहरु १४ दिनको अवधि पुरा गरेर घर फर्किएपछि रित्तिएका म्याग्दीका क्वारेन्टाइन (एकान्तबास) पुन भरिभराउ भएका छन् । बन्दाबन्दीका कारण शहरी क्षेत्रमा फसेकाहरु गाउँ आएपछि करिब दुई हप्ता खाली भएका एकान्तबास भरिएका हुन् ।   

काठमाडौ, बुटवल, चितवनलगायतका ठाउँबाट आएका विद्यार्थी, अभिभावक, निजी क्षेत्रका संस्थामा काम गर्ने र मजदुरलाई क्वारेन्टाइनमा राखिएको छ । जिल्ला भरका क्वारेन्टाइनमा विभिन्न जिल्लाबाट आएका २२२ जनालाई राखिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । 

धवलागिरी गाउँपालिकाको एकान्तबासमा सबैभन्दा धेरै १०९ जना छन् । बेनी नगरपालिकाले न्यु वेष्ट पोइन्ट आवासीय माविमा सञ्चालन गरेको एकान्तबासमा १८ जना छन् । मंगलामा ४३, मालिकामा ९, रघुगंगामा १ र अन्नपूर्णमा २९ जनाका एकान्तबास बसेका छन् । जिल्ला कमाण्ड पोष्टले गण्डकी प्रदेशको नवलपुर सहित अन्य ६६ जिल्लाबाट आउनेलाई अनिवार्य १४ दिनसम्म एकान्तबासमा राखेर स्वास्थ्य परिक्षण गरेपछि घर पठाउने निर्णय गरेको छ । 

लकडाउन लगत्तै विदेशबाट आएका करिब ६० जनालाई एकान्तबास राखेर उनीहरुको द्रूत परीक्षण गरेर घर पठाइएको थियो । हालसम्म डेढ सय भन्दा बढीको द्रूत परीक्षण गर्दा उनीहरुलाई कोरोना संक्रमण नभएको पुष्टि भएको छ । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.