म्याग्दीको नाकामा स्यानिटाइजर टनेल

म्याग्दीको नाकामा स्यानिटाइजर टनेल

बेनी : म्याग्दीमा कोरोना भाइरस भित्रन नदिन मुख्य नाका बेनी-८ कालिपुलमा बुधबार स्यानिटाइजर टनेल स्थापना भएको छ। मानिसको पूरै शरीरै स्यानिटाइजेसन गर्न मिल्ने टनेल स्थापना भएको हो।

टनेलमा छिरिसकेपछि सात सेकेण्ड समयावधिमा नै शरिर पूरै स्यानिटाइजेसन हुने जनाइएको छ। लायन्स क्लव अफ बेनी पिस सिटी र म्याग्दी प्रवासी नेपाली संघ (मोना) मकाउले स्यानिटाइजर टनेल स्थापना गरेका हुन्। म्याग्दी उर्जा प्रबिधि केन्द्र र खत्री इलेक्ट्रोनिक्सले स्यानिटाइजर टनेल निर्माण गर्न प्राविधिक सहयोग गरेका छन्। महामारीकै रूपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट जोगिन यो प्रविधि उपयोगी बन्ने लायन्सका अगुवा चन्द्रकुमार केसीले बताए।

म्याग्दीलाई कोरोना भाइरसबाट सुरक्षित राख्नका लागि सामाजिक संघ संस्थाको सहयोगमा स्यानिटाइजर टनेल स्थापना गरिएको सिडिओ ज्ञाननाथ ढकालले बताए। गण्डकी प्रदेश भन्दा बाहिरबाट आउने व्यक्तिहरुलाई कालिपुलमा स्थापना गरिएको चेक पोष्टका सुरक्षाकर्मी र स्वयमसेवकले स्यानिटाइजर गराउनेछन्। 

मानिस टनेलभित्र छिरेपछि त्यहाँ जडान गरिएको स्वचालित उपकरणले माथि, दाया र बायाँबाट भाइरस नष्ट गर्ने स्यानीटाइजरको फोहोरा आउँछ। मानिसले टनेलभित्रको भुईमा जडान गरिएको सेन्सरमा टेकेपछि टर्वाइन चालु भएर ग्यालीनभित्र राखिएको स्यानिटाइजर फोहोराबाट फाल्ने प्राबिधिक कृष्ण खत्रीले बताए। एक लिटर स्यानीटाइजरले १७ जनाको शरीरलाई स्यानिटाइज गर्न सकिन्छ। 

टनेल दुई दिनमा तयार पारिएको हो। यसैबीच नेपाल प्रगतिशिल इञ्जिनियरीङ एशोसियशन (पिन) म्याग्दीको प्राविधिक सहयोगमा बेनी अस्पतालमा पनि स्यानिटाइजर टनेल स्थापना गर्न लागिएको संयोजक कृष्ण रिजालले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.