लकडाउनमा मदिरा बोकेको मोटरसाइकलमा प्रहरी देखेपछि...

लकडाउनमा मदिरा बोकेको मोटरसाइकलमा प्रहरी देखेपछि...

उदयपुर : उदयपुरको बेलका नगरपालिका १ आम्बासीका स्थानीयले प्रहरीको भ्यानमाथि ढुंगामुढा प्रहार गरेका छन्।  बर्दिमा रहेका प्रहरी जवान राजु साहलाई मोटरसाइकलको पछाडि राखेर स्थानीय होटल व्यवसायी दुर्गा बिष्टले घरेलु रक्सी आम्बासीतर्फ लैजाँदै गर्दा स्थानीयले अवरोध गरेपछि प्रहरीले बल प्रयोग गरेको हो । 

लकडाउनको समयमा प्रशासनको विनाअनुमति प्रहरीकै संरक्षणमा व्यापारीले स.४.प.५७८६ नम्बरको मोटरसाइकलबाट घरेलु रक्सी भित्र्याएको स्थानीयको आरोप छ । प्रहरी चौकी गलफडियामा कार्यरत जवान लकडाउनको समयमा विनापास त्यो पनि मदिरा बोकेको गाडीमा चढेको देखेपछि स्थानीयले अवरोध पुर्‍याएको बेलका नगरपालिकाका उपमेयर तथा स्थानीयबासी राजकुमारी चौधरीले बताइन् ।

'कानुनको संरक्षण गर्ने निकायबाटै लकडाउनको उल्लंघन त्यो पनि मदिराको गाडीलाई संरक्षण गरेर ल्याउनु। त्योभन्दा हास्यास्पद के हुन्छ, उनले भनिन्, 'संयोगले म पुगे नत्र ठूलै क्षति हुने रहेछ, क्षति हुनबाट जोगियो । 'लकडाउनकै अवधिमा स्थानीयले बिरामी बोकेको एम्बुलेन्स रोकेपछि एम्बुलेन्स चालक पनि आक्रोसित भएका रहेछन्,उनले भनिन्, 'त्यहीँ बेला मदिरा बोकेको मोटरसाइकलमा प्रहरीलाई देखे, एम्बुलेन्स सडकमा तेर्साएर रोके ।'

स्थानीयको अवरोध पछि इलाका प्रहरी कार्यालय रामपुरका प्रमुख प्रहरी निरीक्षक रामचन्द्र साह र सशस्त्र प्रहरी बल रामपुर गुल्मबाट दुईवटा भ्यान पुगेका थिए । दुई पक्षबीच छलफल चलिरहँदा इन्स्पेक्टर साहले मोटरसाइकल र मदिरा जबरजस्ती लैजान खोज्दा स्थानीयले प्रहरीमाथि ढुंगामुढा प्रहार गरेको उपमेयर चौधरीले बताइन् । घटनालाई न्युनिकरण गर्नुको साटो इन्स्पेक्टरले नै जबरजस्ती गर्न थालेपछि घटनाले उग्र रुप लिएको उनको भनाई छ । 

स्थानीयले अन्धाधुन्दा ढुंगामुढा गर्न थालेपछि इन्स्पेक्टर साह र सशस्त्र प्रहरीको टोली मोटरसाइकल र मदिरा छोडेर भीडको बीचबाट पेलेर भागेको उनले बताइन् ।  प्रहरी निरीक्षक साहले आफ्ना जवानलाई बचाउ गर्दै भने, 'डिउटीमा जान हतार थियो, त्यसैले मोटरसाइकलमा लिफ्ट मागेर जाँदा स्थानीयले बिनाकारण अवरोध गरे ।' उनले घटनाबारे छानविन हुने बताए। दुवैजनालाई इप्रका रामपुरमा राखी थप अनुसन्धान भइरहेको उनले बताए । 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.