नशाको सुरमा साथीको हत्या

नशाको सुरमा साथीको हत्या

राजविराज : मानिस साथीको  लागि ज्यान दिन तयार हुन्छन् ।  सप्तरी हनुमाननगर कंकालिनी नगरपालिका–१ भारदहका १६ वर्षीय सुरज साह स्वर्णकारलाई भने त्यसो भएन । साथीहरूले नै मार्लान् हत्या गर्लान् भन्ने सायदै उनले सोचेका थिए । तर, विडम्बना, लागु औषधको नशा सेवनका बेला भएको सामान्य विवादमा तीन जना साथीले मिलेर सुरजको हत्या गरे ।

    
हत्या आरोपमा भारदहका सुजितकुमार मुखिया, टिल्का भनिने चन्द्रशेखर मण्डल र प्याप्या भनिने कृष्णकुमार मुखिया पक्राउ परेपछि हत्याको रहस्य खुलेको छ । पक्राउ परेका आरोपितहरूविरुद्ध बुधबार जिल्ला अदालतबाट १५ दिनको म्याद लिइ थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय कञ्चनरूपले जनाएको छ ।
    
उनीहरूमाथि कारवाही माग गर्दै मृतक सुरजका बुवा जानो साह स्वर्णकारले दिएको उजुरी बुधबार दर्ता गरिएको छ । फलामको गह्रुँगो हतियारले कुटपिट गरेर हत्या गरिएको अवस्थामा सुरजको शव वैशाख १ गते भारदहस्थित कोशी नदीको पश्चिमतर्फको बाँधको बाटो छेउको झाडीमा फेला परेको थियो । घटनाबारे अनुसन्धान गर्न धनुषाको प्रहरी चौकी लालगढबाट वैशाख १ गते तालिम प्राप्त कुकुर मगाइयो । लकडाउन कार्यान्वयनमा व्यस्त रहेको प्रहरीले मृतकका मिल्ने नजिकका साथीहरूलाई निगरानीमा राखेकाले घटनाको रहस्य खुलेको एसपी कृष्ण प्रसाईले बताए । 

घटना यसरी भयो
    
लकडाउनका कारण चैत ३० गते सम्साँझै सुनसान थियो । प्रहरीका अनुसार नयाँ वर्षको अघिल्लो रात चारजना साथीहरूले कुखुरालगायत चोरी गरेर नयाँ वर्षमा रमाइलो गर्ने योजना बनाए । राति खाना खाएपछि योजना अनुरूप चोरीका लागि ताला फुटाउने कटर, खुकरी र समान ओसार्न चाहिने बोरा ल्याउने जिम्मा सुरजको थियो । गाउँकै बगैचामा भेला भएपछि सबैले गाँजा र सोनपिच नामक सुलेसन (नशा) सेवन गरे । 
    
चोरी गर्ने योजना बमोजिम कंकालिनी मन्दिर भारदह अगाडि चोकमा बसेका बेला सुजितले जिस्किएर ‘ढिला भइसक्यो, चोरी गर्न जाऔं’ भन्दै सुरजको टाउकोमा कटरले विस्तारै प्रहार गरेको जोडले लागेछ, उनी ढले । नशामा बेहोस भएका सबैले लात र फलामको कटरले हिर्काएपछि सुरजको मृत्यु भएको ठानी उनीहरूले बोरामा कसेर पालैपालो बोकेर कोशी बाँधको बाटो छेउ खेतको बाटो हुँदै भलुवातर्फ लगे । 
    
पक्राउ परेका आरोपितहरूले प्रहरीसँगको प्रारम्भिक बयानमा बोराभित्र चलमलाएपछि जिउँदै रहेको ठानी खुकुरीले टाउको र अनुहारमा प्रहार गरेर हत्या गरेको र बाटो छेउमै झाडीमा फालेको बताएका छन् । भाग्ने क्रममा उनीहरूले बोरामा आगो लगाएर हिंडे । हत्यामा प्रयोग भएको खुकुरी हँसिया दहको पानीमा मिल्काए । गाउँदेखि पश्चिमतर्फ निर्माणाधिन घर छेउ रहेको झुग्गीमा तीनै जना भेला भई पुनः सुलेसन सेवन गरे । फलामको कट्टर आकर्षक भएको र जस्तो सुकै ताला पनि फुटाउने भएकाले आरोपितहरू लोभिए र जुग्गीमा कपडाले छोपेर लुकाएर राखे ।
    
चैत ३० गते सुरजलाई लिन गएका बेला सुरजकी आमाले सडकमा कृष्णलाई देखेकी थिइन । यो कुरा कृष्णलाई थाहा थिएन। उनीहरूले जलाएको बोरा पुरै जल्न पाएन् । इलाका प्रहरी कार्यालय कञ्चनरूपका डिएसपी मकेन्द्रकुमार मिश्रले भने,‘हत्या स्विकारेका आरोपितहरूले बताए अनुसार खुकुरी, आधा जलेको बोरा, डोरी, ताला फुटाउने कटर फेला परेको छ ।’ मिल्ने साथीहरूका बीच पहिले कुनै मनमुटाव नभएको र नशाको बेहोसीमा दुर्घटना भएको वयान दिएकाले लागु औषध नै हत्याको मुख्य कारण भएको डिएसपी मिश्रले बताए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.