तेस्रो अध्यक्ष बन्दिनँ : नेपाल

तेस्रो अध्यक्ष बन्दिनँ : नेपाल

काठमाडौं : नेकपा वरिष्ठ नेता माधवकुमार नेपालले आफू पार्टीको तेस्रो अध्यक्ष नबन्ने बताएका छन् । नेपालले बिहीबार साँझ प्रधानमन्त्री केपी ओलीलाई भेटेरै आफू तेस्रो अध्यक्ष नबन्ने जानकारी गराएका हुन् ।

प्रधानमन्त्री ओलीले बुधबार पार्टी सचिवालय बैठकमा नेता नेपाललाई विधान संशोधन गरेर तेस्रो अध्यक्ष र उपाध्यक्ष वामदेव गौतमलाई संसद्मा ल्याएर कोरोना संकट टरेपछि प्रधानमन्त्री बनाउने प्रस्ताव गरेका थिए ।

‘म तपार्इंले प्रस्ताव गरेको तेस्रो अध्यक्ष हुन्नँ । त्यसमा मेरो सहमति हुँदैन । मेरो कुरा त तपाईं पार्टी र सरकार सञ्चालनमा असफल हुनुभयो, राम्रोसँग चलाउन सक्नुभएन, तपाईंले पार्टी र सरकार दुवै मोर्चाको नेतृत्व छाड्नुपर्छ भन्ने हो’, नेता नेपालले प्रधानमन्त्रीलाई भनेको उद्धृत गर्दै उनीनिकट एक स्थायी समिति सदस्यले भने ।

दाहालसँग टेलिफोनमा कुराकानी गरेर नेपाल बालुवाटार गएका थिए । प्रधानमन्त्री निवासबाट बोलावट भएपछि उनले दाहाललाई त्यसबारे जानकारी गराएका हुन् । ओलीले नेपाललाई संवैधानिक निकायहरूमा नियुक्तिका लागि छलफल गर्न भन्दै बोलाएका थिए ।

पार्टीभित्र सचिवालय, स्थायी समितिदेखि केन्द्रीय समितिसम्ममा आफू अल्पमतमा परेपछि ओलीले नेपाललाई फकाउन प्रयास गर्दै आएका थिए । उनले महाधिवेशन छिटो गरेर पार्टी अध्यक्षमा नेपाललाई सघाउने, संघीय सरकारका मन्त्रीहरूदेखि आफ्नो निजी सचिवालय हेरफेर गर्ने, संवैधानिक निकायहरूमा सहमतिका आधारमा नियुक्ति गर्ने र प्रदेशका मुख्यमन्त्रीहरूसम्म पनि फेर्ने प्रस्ताव गरेका थिए ।

त्यो प्रस्ताव स्वीकार नगरेपछि बुधबारको सचिवालय बैठकमा ओलीले पार्टीमा तेस्रो अध्यक्ष राख्ने र त्यसमा नेपाललाई प्रस्ताव गरेका थिए । बिहीबार साँझ ओलीसँगको भेटमा अडानमा कायमै रहेको र कुनै पदीय भागबन्डामा नलत्रिने जवाफ दिएर उनी फर्केको एक स्थायी समिति सदस्यले बताए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.