कमरेड ! फेरि एक पटक ‘कम्युनिस्ट मेनिफेस्टो’ पढ्नुहोस् न
शुक्रबार १३१ औं मजदुर दिवस। नेपालमा श्रमिक मजदुरको हक, अधिकारको नारा बेचेर राजनीति निकै फस्टाएको छ। बिहानैदेखि उच्च पदस्थले प्रेसित गरेका मजदुर दिवसको शुभकामना सन्देशको ओइरो लागिरहेको छ। यहाँका सत्ताधारी तथा सत्ताबाहिरका दलका नेता, कार्याकताले विभिन्न उपमा जोड्दै मजदुर दिवसको शुभकामना दिइरहेका छन्। मजदुरको योगदानको महिमा गाइरहेका देखिन्छन्। शुभकामना सन्देशको बाढीले यो देखाइरहेको छ कि आज एकदिन मीठा शब्दमा शुभकामना दिएपछि मजदुरप्रतिको दायित्व पूरा भयो। उनीहरूका सबै समस्या चट् भए अनि उनीहरूप्रति पूर्ण सम्मान भयो।
नेपालको शासन, सत्ता अहिले मार्क्स र एंगेल्सले प्रतिपादन गरेको क्रान्तिकारी समाजवादलाई मूल सिद्धान्त मान्ने कम्युनिष्ट पार्टीको हातमा छ। सिद्धान्त अनुसार व्यवहार हुन्थ्यो भने नेपालमा मजदुरको खुसी र हर्सोल्लासको समय हुनुपर्ने हो यो।
नेपालका मजदुर तथा श्रमजीवी जनताको जीवनस्तर, उनीहरूप्रति राज्यको हेराइ, सरकार, सत्ता र त्यसको वरिपरि रहेकाको गतिविधि हेरौं नेपालमा श्रमजीवीलाई अलिकति खुसी मिल्ने वातावरण कतै छ ?
तपाईले मजदुर दिवसमा दिने एकदिने सहानुभूतिका शब्दलाई तपाईहरूकै ‘कम्युनिष्ट मेनिफेस्टो’ले गिज्याइरहेको त छैन ? तपाईहरूको सत्ता, अनि पार्टी चरित्र, गतिविधिलाई नियाल्नुहोस्। बरु फेरि एक पटक ‘कम्युनिस्ट मेनिफेस्टो’ पढ्नुहोस् न ‘कमरेड’।
नेपालको सत्ताधारी कम्युनिस्ट पार्टीको मूल सिद्धान्त मार्क्सवाद हो। मार्क्सवादी विचारको मूल आधार जर्मन दार्शनिक कार्ल मार्क्स र फ्रेडेरिक एंगेल्सले सन १८४८ मा तयार पारेको कम्युनिस्ट घोषणपत्र (कम्युनिस्ट मेनिफेस्टो) मानिएको छ।
पुँजीवादी व्यवस्थाको सरकारलाई आलोचना गर्दै त्यहाँ एक दृष्टान्त उल्लेख गरिएको छ, ‘पुँजीवादी व्यवस्थाको सरकार भनेको आम जनताको सरकार होइन, सीमित पुँजीपतिको दैनिक कार्यसम्पादनको चाँजोपाजो मिलाइ दिने समिति मात्रै हो’
उक्त दृष्टान्तमार्फत पुँजीवादी व्यवस्थाको सरकारले श्रमजीवी जनताको पीरमर्का समाधान गर्न सक्दैन, उनीहरूको हक अधिकारमा उसलाई कुनै चासो हुँदैन भन्ने हो। बहुसंख्यक जनता तथा श्रमजीवीहरूको हितमा उनीहरूकै प्रतिनिधित्व भएको सरकार चाहिन्छ भन्न खोजिएको हो।
यसैको प्रतिनिधित्वका लागि कम्युनिस्ट पार्टी चाहिन्छ, त्यसको सत्तामा मात्रै मजदुर, किसान तथा श्रमजीवीहरूलाई राहत मिल्छ। चाहे जहाँका हुन् कम्युनिष्ट पार्टी यही दृष्टान्तको प्रशिक्षण दिँदै, लिँदै संगठित भएका हुन्छन्।
विश्वमा एकाधबाहेक कम्युनिस्ट नाम गरेका पार्टी सत्ताको पहुँचबाट टाढा रहेका छन्। यो समयमा नेपालमा बहुलवादी व्यवस्थाको निर्वाचनमार्फत करिब दुई तिहाई मत ल्याएर कम्युनिस्ट पार्टी सत्तामा छ भन्ने तथ्य विश्वका कम्युनिस्ट सिन्द्धान्तका अनुयायीलाई एउटा प्रेरणादायी घटना होला।
सत्ता, शक्तिले सम्पन्न कमरेडलाई अहिले ठेकेदारबाट मजदुरले ज्याला पाए कि पाएनन् भन्ने चिन्ता बढी होला कि आफ्ना ठेकेदारले पाएका ठेक्कापट्टामा घाटा पर्ला भन्ने चिन्ता बढी होला ? समाजवादी शास्त्रको महाज्ञानी भएको दाबी गर्ने कमरेडले श्रमजीवीको जीवन कति पढेका छन् ? उनीहरूलाई सम्मानित जीवन बाच्न कति मद्दत गरेका छन् ?
फिलपिन्स र पेरुमा कम्युनिस्ट पार्टीका अन्दोलनले उचाई लिँदा नेपालका कम्युनिस्टले गर्व गरेजस्तै अन्य देशका कम्युनिस्ट समर्थकले पनि गर्व गर्दा हुन्। ल्याटिन अमेरिकन देशमा बोलिभारियन क्रान्तिको उभार आउँदा यहाँका समाजवादी खुसी भएजस्तै नेपालमा कम्युनिस्टको उभार आएकोमा अन्तका समाजवादी पनि खुसी होलान्। भियतनामको कम्युनिस्ट सरकारले अमेरिकालाई धूलो चटाएको गौरव गाथा यहाँका कम्युनिस्ट पार्टीले गाएजस्तै अन्य मुलुकका मार्क्सवादीले नेपालमा कम्युनिस्ट सत्ता रहेको दृष्टान्त प्रस्तुत गर्दै श्रमजीवीको प्रतिनिधि सरकारको उदारण दिँदा हुन्।
मजदुर, किसान, शोषित, अपहेलित जनताकै नाममा राजनीति गरेर सत्ता, शक्ति आर्जन गरेका उनीहरूलाई सम्झनु पर्दा पनि आफ्नो पद प्रतिष्ठाको मान मर्दन भएको ठान्छन् भन्ने कुरा उनीहरूलाई के थाहा होला र ?
नेपाली कम्युनिस्ट सत्तामा मजदुरका लागि पाउने सेवा–सुविधा, हक अधिकारबारे कुनै चर्चै हुँदैन, पोल र भित्तामा नयाँ युगका नारा मात्रै आउँछन भन्ने कुरा संसारका कति समाजवादीले नियाली रहेका होलान ?
आफूले काम गरिरहेका सहरमा बास नपाएर भोक, प्यासले तड्पिँदै मजदुर कठिन यात्रामा लम्किरहँदा कमरेड खानपिनको मेनु पस्किरहेका हुन्छन्। यी कुराको भित्री मर्म अन्य मुलुकका साम्यवादीले कति निल्यालेका होलान् ?
आफूनिकटका ठेकेदारलाई घाटा परेको चिन्ताले रातभर खट्ने ‘कमरेड’हरू जीवनको अनिश्चितताले सयौं किलोमिटर सडकमा हिँडिरहेका मजदुरलाई देख्दैन। तीनका पीरमा सहानुभूति राख्नेलाई उल्टै गाली गर्छन् र तिनलाई आफ्नो साम्यवादको यात्रामा अवरोध पुर्याउने षडयन्त्रकारीको संज्ञा दिन्छन्। आफूले काम गरिरहेका सहरमा बास नपाएर भोक, प्यासले तड्पिँदै मजदुर कठिन यात्रामा लम्किरहँदा कमरेड खानपिनको मेनु पस्किरहेका हुन्छन्। यी कुराको भित्री मर्म अन्य मुलुकका साम्यवादीले कति निल्यालेका होलान् ?
लकडाउन भएको डेढ महिना भइसक्यो यहाँका निम्न आय भएका श्रमिकहरूको अवस्था कस्तो भयो होला ? कतिले काम गुमाउने हुन् ? कतिले तलब, ज्याला नपाउने हुन् ? विदेशमा काम गुमाएर फर्कने श्रमिकको व्यवस्थापन कसरी गर्ने ? उनीहरूको चुह्लो बाल्ने वातावरण कसरी बनाउने ? सर्वहारा वर्गको प्रतिनिधि भएको हवाला दिने कम्युनिस्ट पार्टी र सरकारले अहिले यी कुरामा कति ध्यान दिएका छन् ? सबैले देखिरहेका छन्। अनि यो संकटको घडीमा कम्युनिस्ट सरकार र पार्टी के मा केन्द्रित भएको छ त्यो सबैले देखेका छन्। अनि फोस्रा आदर्शका लागि मजदुर दिवसमा शुभकामना दिन मात्रै तँछाड–मछाड किन ?
लकडाउन भएको डेढ महिना भइसक्यो । निम्न आय भएका श्रमिकको अवस्था कस्तो होला ? कतिले काम गुमाए ? कतिले तलब, ज्याला नपाउने हुन् ? विदेशमा काम गुमाएर फर्कने श्रमिकको व्यवस्थापन कसरी गर्ने ? उनीहरूको चुह्लो बाल्ने वातावरण कसरी बनाउने ? सर्वहारा वर्गको प्रतिनिधि भएको हवाला दिने कम्युनिस्ट पार्टी र सरकारले अहिले यी कुरामा कति ध्यान दिएका छन् ?
सत्ता, शक्तिले सम्पन्न कमरेडहरूलाई अहिले ठेकेदारबाट मजदुरले ज्याला पाए कि पाएनन् भन्ने चिन्ता बढी होला कि आफ्ना ठेकेदारले पाएका ठेक्कापट्टामा घाटा पर्ला भन्ने चिन्ता बढी होला ?। संकटको बेलामा कामबाट निकालिने, तलब नपाउने मजदुरको धेरै होला कि आफूलाई चाहिएका बेला खर्च दिने व्यववायीको घाटाको चिन्ता ?
निम्छरा मजदुरहरू तीन समयका लागि राजनीतिक दलका नजरमा पर्छन् । सभामा ताली पिट्ने, जुलुसमा टाउका गन्ने अनि चुनावका बेला भोटर गन्ने बेलामा। आफूलाई मार्क्सवादको प्रवर्तक दाबी गर्ने कम्युनिस्ट पार्टीले मजदुरलाई त्योभन्दा अर्को नजरले हेरेको छ? समाजवादी शास्त्रको महाज्ञानी भएको दाबी गर्ने कमरेडले श्रमजीवीहरूको जीवन कति पढेका छन् ? उनीहरूलाई सम्मानित जीवन बाच्न कति मद्दत गरेका छन् ?
तपाईले मजदुर दिवसमा दिने एकदिने सहानुभूतिका शब्दलाई तपाईहरूकै ‘कम्युनिष्ट मेनिफेस्टो’ले गिज्याइरहेको त छैन ? तपाईहरूको सत्ता, अनि पार्टी चरित्र, गतिविधिलाई नियाल्नुहोस्। बरु फेरि एक पटक ‘कम्युनिस्ट मेनिफेस्टो’ पढ्नुहोस् न ‘कमरेड’।