लकडाउनमा मूड फ्रेस गर्न ‘श्रीमान बिक्रीमा’ !

लकडाउनमा मूड फ्रेस गर्न ‘श्रीमान बिक्रीमा’ !

वासिंटन : कोभिड-१९ को महामारीबाट बच्न विश्वका अधिकांश सरकारले लकडाउन घोषणा गरेका छन् ।

सुरुमा त कोभिड १९ को महामारी समर सुरु भएसँगै हराउला भन्ने थियो । तर दिन, साता हुँदै महिना बितिसक्दा पनि यो नष्ट नहुँदा लकडाउन पनि लम्ब्याउन थालिएको छ । आम मानिसहरु भने लकडाउनको दिक्दारीबाट ‘रिफ्रेस’ हुन अनेक उपाय खोजिरहेका छन् ।

खासगरी अमेरिकाका विभिन्न सहरका मानिस पछिल्लो समय लकडाउनको दिक्दारीबाट मुक्त हुन अनेक किसिमका होडिङ बोर्ड तथा ब्यानर टाँग्न थालेका छन् । ‘टिकटक’, ‘भिडिओ कल’ जस्ता कुराले मात्रै नपुगेपछि घरको बार्दलीमा रोचक र ठट्यौला पेन्टिङ तथा ठूला ब्यानर टाँगेर रमाइलो गरिरहेका छन् ।

त्यस्ता ब्यानर हालै सामाजिक सञ्जालमा भाइरल समेत बनेका छन् । ‘अनइन्स्टल २०२० इट्स गट अ भाइरस’, ‘माइ हजबेन्ड फर सेल’ यी दुई ब्यानर सामाजिक सञ्जालमा धेरै भाइरल बनेका हुन् ।

यस्ता अन्य व्यानर पनि रमाइलो पारामा घरमा टाँगिएका हुन् । यी ठट्यौला सन्देशसहितका ब्यानर पहिलो पटक कसले र कहिले टाँगेको थियो भन्ने बारे विस्तृतमा खुलेको छैन । यद्यपि, यी ब्यानर ‘माइन्ड फ्रेस’ गर्न घरबाहिर बरन्डामा टाँगिएको बताइएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.