कोरोनाबाट भूपू गोरखा सैनिकको मृत्यु, पूर्व बेलायती राजदूत बेपत्ता

कोरोनाबाट भूपू गोरखा सैनिकको मृत्यु, पूर्व बेलायती राजदूत बेपत्ता

लण्डन : कोरोनाको सङ्क्रमणबाट बेलायतमा थप एक भूपू गोरखा सैनिकको मृत्यु भएको छ । श्वासप्रश्वासको समस्या देखिएपछि मेडिस्टोन अस्पतालमा १० दिनअघि भर्ना गरिएका ७७ वर्षीय कर्णबहादुर राईको उपचारका क्रममा शनिबार निधन भएको लण्डनस्थित नेपाली दूतावासका प्रवक्ता शरदराज आरणले जानकारी दिए।

ताप्लेजुङ मैवाखोला स्थायी घर भएका राई विगत तीन वर्षदेखि बेलायतको मेडिस्टोनमा श्रीमती, एक छोरा र एक छोरीसहित बस्दै आएका थिए।  हालसम्म बेलायतमा कोरोनाबाट मृत्यु हुने नेपालीको सङ्ख्या ४५ पुगेको छ ।

नेपालका लागि पूर्वबेलायती राजदूत बेपत्ता 

नेपालका लागि पूर्वबेलायती राजदूत रिचार्ड मोरिस बुधबारदेखि बेपत्ता भएका छन् । लण्डन प्रहरीले मोरिस हराएकाले खोजीका लागि अपिल गरेको छ । बुधबार बिहान करिब १०ः३० मा दौडिनका लागि बेन्टलीमा निस्किएका मोरिस नफर्केपछि प्रहरीले खोजी कार्य सुरु गरेको छ।

हेम्पसायर प्रहरी कार्यालयका प्रवक्ताले प्रहरीले खोजीकार्य गरिरहेको भए पनि सार्वजनिक रूपमा खोजीका लागि सबैमा अनुरोध गर्नुपर्ने भएका कारणले सूचना जारी गरिएको बताए । ५२ वर्षीय रिचार्डले सन् २०१५ देखि २०१९ सम्म नेपालका लागि बेलायती राजदूतका रूपमा काम गरेका थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.