बेलायतमा कोरोनाबाट ६० नेपालीको मृत्यु भएको दूतावासको ठहर

बेलायतमा कोरोनाबाट ६० नेपालीको मृत्यु भएको दूतावासको ठहर

लण्डन : बेलायतमा कोरोना संक्रमणबाट मृत्यु हुने नेपाली ६० पुगेका छन् । लण्डनस्थित नेपाली दूतावासले सोमबारसम्म ५० पुरुष र १० महिला गरी कुल ६० जना नेपालीको मृत्यु भएको पुष्टि गरेको छ। 

दूतावासका प्रवक्ता शरदराज आरनले दिएको जानकारीअनुसार मृतकमध्ये ४९ जना भूतपूर्व गोर्खा सैनकि र उनीहरुका परिवारका सदस्य छन् । त्यस्तै मृत्यु हुनेमा अधिकांश ७० वर्षभन्दा बढी उमेरका छन्। 

हालसम्म कोरोनाबाट २० नेपाली लण्डनमा तथा बाँकी ४० जनाको लण्डनबाहिरका शहरमा मृत्यु भएको दूतावासले जानकारी दिएको छ । बेलायतका ननिटन, बेजिङस्टोक, रेडिङलगायतका क्षेत्रमा बढी नेपालीको मृत्यु भएको हो। 

बेलायतमा नेपालीहरुको सबैभन्दा बाक्लो बस्ती रहेको अल्डरसट क्षेत्रमा भने तुलनात्मक रुपमा निकै थोरैको मृत्यु भएको छ । 

दूतावासका अनुसार अहिले करिब २० जना संक्रमित नेपाली बेलायतका अस्पतालमा उपचार गराइरहेका छन् र अरु ३० संक्रमित घरमै आइसोलेसनमा छन् । संक्रमित धेरै नेपाली निको भइसकेका छन् । 

दूतावासले गोर्खा वेल्फेयर ट्रस्ट, भूपू गोर्खाका संगठन तथा स्थानीय काउन्सिलसँगको समन्वयमा यो तथ्यांक संकलन गरेको जनाएको छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.