२ लाख ५० हजार धरौटीमा छुटे वडा अध्यक्ष

२ लाख ५० हजार धरौटीमा छुटे वडा अध्यक्ष

बेनी : घरमा अवैध गोली (बुलेट) भेटिएपछि प्रहरी हिरासतमा म्याग्दीको रघुगंगा गाउँपालिका ६ पाखापानीका वडा अध्यक्ष मनकुमार शेरपुजा धरौटीमा छुटेका छन् ।  जिल्ला अदालत म्याग्दीका न्यायाधीश माधवेन्द्रराज रेग्मीको मंगलबारको इजलासले शेरपुजालाई धरौटीमा छोड्न आदेश दिएको थियो । 

२०७६ चैत ३० गते शेरपुजाको घरमा खानतलासी गर्दा प्रहरीले एक थान बारबोरको गोली बरामद गरेको थियो । सामाजिक सञ्जाल फेसबुकमा शेरपुजाले आफूसँग गोली रहेको स्टाटस राखेपछि प्रहरीले घर खानतलासी गरेको थियो । 

हातहतियार राख्ने अनुमति नलिएका शेरपुजाको साथमा रहेको गोली अवैध भएको पुष्टि भएपछि प्रहरीले हात हतियार तथा खरखजना मुद्दा चलाएको थियो । अदालतको आदेशअनुसार शेरपुजा दुई लाख पचास हजार रुपैयाँ धरौटी बुझाएर छुटेका म्याग्दी जिल्ला अदालतका श्रेष्तेदार खिलप्रसाद बुर्लाकोटीले बताए । 

जिल्ला सरकारी वकिल कार्यालयले शेरपुजाविरुद्ध सात वर्ष कैद र ७० हजार जरिवानाको माग दावी गरेको थियो । शेरपुजा वैशाख २१ गते प्रहरी कार्यालयमा उपस्थित भएका थिए ।  

शेरपुजा २०७४ वैशाखमा भएको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट उमेद्वार बनेका थिए । स्थानीय चुनाव अघि नेपाली कांग्रेसमा प्रवेश गरेका शेरपुजा कांग्रेसको रघुगंगा पालिका कार्यसमितिको सचिव समेत हुन् । 

२०७० को दोस्रो संविधानसभा निर्वाचनमा उनी मोहन वैद्य नेतृत्वको नेकपा माओवादी क्रान्तिकारीमा आवद्ध थिए । 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.