लकडाउनमा कलाकारको सामूहिक 'न्युड फोटोग्राफी'

लकडाउनमा कलाकारको सामूहिक 'न्युड फोटोग्राफी'

वासिंटन : अमेरिकी कलाकार स्पेन्सर ट्युनिक ‘मास न्युड फोटोग्राफ्स’का लागि चर्चित छन् ।

उनी सयौँ वा कहिले त हजारौँ मानिसलाई सामूहिक रुपमा न्युड फोटोग्राफीमा सहभागी गराउँछन् । प्रारम्भिक चरणमा कानुनी झमेला र विवाद झेले पनि स्पेन्सर अचेल सामुहिक नग्न तस्बिरलाई कलात्मक रुपक प्रस्तुत गर्न माहिर भनेर चिनिछन् ।

कोभिड १९ महामारीका कारण कलाकार ट्युनिक न्युयोर्कस्थित लकडाउनको जीवन बिताउँदै छन् । रोचक त के भने, लकडाउनकै क्रममा उनले आफ्नो ‘न्युड फोटोग्राफी’बारे भिडिओ कन्फरेन्स गरे ।

यस क्रममा उनले नयाँ प्रोजेक्ट सुरु गरेका थिए । ‘स्टे अपार्ट टुगेदर’ अर्थात ‘सँगै रहनूस्’ नाम दिइएको उनको यो प्रोजेक्ट पहिले झैँ पूर्ण रुपमा सफल बन्न सकेन । तर चर्चामा रह्यो । जहाँ सयौँ महिला र पुरुष मास्क लगाएर न्युड फोटोग्राफी आर्टमा सहभागी भएका छन् । सहभागीहरुको भिडिओ स्क्रिनसटलाई उनले नग्न तस्बिरको रुपमा प्रस्तुत गरेका छन् । ट्युनिकले यसलाई पहिलेका भन्दा भिन्न तरिकाले देखाउन चाहन्थे । तर त्यसरी सोचे अनुरुप नभएपछि उनले आफ्नो २५ वर्षको इतिहासमै यसलाई फरक तरिकाले अथ्र्याएका छन् ।

यद्यपि उनको फोटोग्राफीका लागि लेबनन, उरुग्वे, दक्षिण अफ्रिकाबाट समेत सहभागी थिए । साथै उनी अझै विश्वभरबाट मोडेलको खोजीमा छन् । विभिन्न रंग, राष्ट्रियता, साइज, आकार समेट्ने गरी थप सहभागी समेट्ने तयारीमा छन् ।

५३ वर्षीय आर्टिस्ट ट्युनिकले यस पटक सामुहिकतालाई कला मार्फत प्रदर्शन गर्न खोजेका हुन् । ‘मैले सोचेको थिएँ कि, भिन्न देशका सहभागीलाई भिडिओसटका लागि सँगै ल्याउनु उत्तम उपाय हुनेछ, तर मलाई कहिल्यै थाहा थिएन कि, त्यसले सहभागीहरुमा कति भावनात्मक तरंग पैदा गथ्र्यो भन्ने ।

उनको नयाँ कामलाई भिन्न रुपमा कलात्मक भएको भनी टिप्पणी भएको छ । खासगरी उनले उन्मुक्तता, सामूहिकता जस्ता मानवीय भावनालाई यस पटकको फोटोग्राफीबाट प्रदर्शन गर्न खोजेको बताइन्छ ।

यसमा सहभागीहरु पनि ट्युनिकको कला राम्ररी बुझ्नेहरु थिए । तीमध्ये कतिपय त वर्षौँदेखि उनको क्यानभासमा अटाइसकेका पनि थिए । ट्युनिकले यसअघि सार्वजनिक रुपमा म्युनिखदेखि मेक्सिको सिटीसम्म केही सयदेखि १८ हजारसम्म सहभागी जुटाएर न्युड फोटोग्राफी सलफ रुपमा प्रदर्शन गरेका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.