सुनकोशी बोलेरो दुर्घटनामा बेपत्तामध्ये एकको शव भेटियो

काभ्रे : बोलेरो दुर्घटनामा वेपत्ता भएका दुईनामध्ये एकजनाको शव भेटिएको छ। भुम्लु गाउँपालिका १ का २७ वर्षीय भोला महतको शव भेटिएको प्रहरीले जनाएको छ। बुधबार भुम्लु गाउँपलिका ८ सिलामे भीरबाट बोलेरो सुनकोशी नदीमा खसेको थियो। उक्त दुर्घटनामा भुम्लु गाउँपालिका १ का २६ वर्षीय अशोक गिरी भने अझै वेपत्ता छन्।
बिहीबार बिहानदेखि प्रहरी र एपीएफका टोलीले भोला महतको शव खोलामा भेटाएको जिल्ला प्रहरी काभ्रेले जनाएको छ। अर्का वेपत्ताको खोजकार्य जारी रहेको प्रहरिले जनाएको छ ।
बुधबार दिउँसो करिब ४ बजेतिर बा १६ च ८८३८ नम्बरको बोलेरो दोलालघाटबाट सापिङ जाँदै गर्दा नदीमा खसेको थियो।उक्त बोलेरोमा सवार ३४ वर्षीय सानुमाया गिरीको भने जिवितै उद्धार गरिएको थियो। उनको बनेपा शिरमेमोरियल अस्पतालमा उपचाररत भइरहेको छ।
प्रतिक्रिया दिनुहोस !
