संकलन गरिएको सबैको रिपोर्ट नेगटिभ
मुगु : कोरोना भाइरस रोकाथाम तथा नियन्त्रणका लागी जिल्लाका चारै स्थानीयतहबाट संकलन गरिएको सबै स्वाबको रिपोर्ट नेगटिभ आएको छ। जिल्लाका तीन स्थानीय तह र जिल्ला अस्पतालमा कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागी संकलन गरिएको ३५१ जनाको स्वाब कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा परिक्षण गर्दा सबैको रिपोर्ट नेगटिभ आएको हो।
प्रतिष्ठान जुम्लाका निर्देशक डाक्टर मंगल रावलका अनुसार प्रतिष्ठानमा शुक्रबारसम्म संकलित मुगु, हुम्ला, कालिकोट, डोल्पा र जुम्लामा २७ सय ५५ जनाको स्वावहरुको संकलन गरिएको थियो। सबैको स्वाब पीसीआर परिक्षण गर्दा सबैको रिपोर्ट नेगटिभ आएको ति मध्ये मुगुका चार स्थानीय तहका ३ सय ५१ जनाको समेत नेगटिभ रिपोर्ट आएको छ।
कणाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको शुक्रबारको कोभिड १९ पीसिआर परिक्षण दैनिक प्रतिवेदन अनुसार प्रतिष्ठानमै ४ सय २४,कालिकोटमा ६ सय ९५, मुगु ३ सय ५१, जुम्ला ७ सय ८९, नेपाली सेना ७०, हुम्ला ४ सय ८, सञ्चारकर्मी १८ गरि कुल २ हजार ७ सय ५५ जनाका स्वाब संकलन गरिएको थियो। सबैको पीसीआर परीक्षण गर्दा सबैको रिपोर्ट नेगटिभ आएको छ। आरडिटि पोजिटिभ देखिएका हुम्ला नाम्खाका २ जना र मुगु खत्याड गाउँपालिका १ जनाको पीसीआर परिक्षण रिपोर्टसमेत नेगटिभ आएको पनि प्रतिष्ठानले जानकारी दिएको छ।