कुमारी ट्रष्टले दियो जाजरकोट अस्पताललाई स्वास्थ्य उपकरण

कुमारी ट्रष्टले दियो जाजरकोट अस्पताललाई स्वास्थ्य उपकरण

जाजरकोट : कुमारी ट्रष्टले जाजरकोट जिल्ला अस्पताललाई स्वास्थ्य उपकरण प्रदान गरेको छ । पूर्वसांसद राजिव विक्रम शाह अध्यक्ष रहेको ट्रष्टले अत्यावश्यक स्वास्थ्य उपकरण सहयोग गरेको हो । अस्पताल विकास समितिका अध्यक्ष धर्मशिला बस्नेतलाई अध्यक्ष शाहले स्वास्थ्य उपकरण हस्तान्तरण गरेका हुन् ।

ट्रष्टले जिल्ला अस्पताललाई पाँच थान प्यासेन्ट बेड, प्यासेन्ट मनिटर, इसीजी मेसिन, अक्सिजन कन्सन्टेटर, प्यासेन्ट ट्रली, नेपुलाइजर, डेलिभरी बेड, पल्स अक्सिमिटर लगायतका स्वास्थ्य सामग्री सहयोग गरिएको अध्यक्ष शाहले बताए ।

यी सामग्री करिब सात लाख रुपैयाँ बराबरका छन् । विश्वव्यापी कोरोना भाइरससँगको लडाई जित्नका लागि सरकारले गरिरहेका प्रयासमा आफूले पनि थप मद्दत गर्नका लागि कर्णालीका प्रदेश तथा जिल्ला अस्पताललाई स्वास्थ्य सामग्री उपलब्ध गराएको शाहले बताए ।

कोरोना भाइरसविरुद्धको लडाई जित्न सरकार, सबै राजनैतिक पार्टी र आम नागरिक एकजुट भएर लाग्नुपर्नेमा शाहले जोड दिएका थिए । जिल्लाका नागरिकका लागि कोरोना महामारीको बेला आफूले निर्वाह गर्नुपर्ने भूमिका र कर्तव्य पूरा गरेको बताउँदै अस्पताल विकास समितिका अध्यक्ष धर्मशिला बस्नेतले पूर्वसांसद शाहलाई हार्दिक धन्यवाद व्यक्त गरिन्। 

निरन्तर सहयोग र सहकार्यको अपेक्षा रहेको अध्यक्ष बस्नेतको भनाइ थियो । कुमारी ट्रष्टमार्फत पूर्वसांसद शाहले सुर्खेतस्थित प्रदेश अस्पताललाई एउटा भेन्टिलेरसहित ५ वटा आइसीयू बेड, इसीजी मेसिन, प्यासेन्ट मनिटरसहित ७० लाख बराबरको स्वास्थ्य सामग्री शुक्रबार हस्तारण गरेका थिए ।

त्यसैगरी जाजरकोट, दैलेख, कालिकोट, हुम्ला, पश्चिम रुकुम, सल्यान, मुगु र डोल्पाका जिल्ला अस्पतालहरुलाई ३० लाख बराबरको विभिन्न स्वास्थ्य सामाग्री सहयोग गरेका छन्।

लामो समयदेखि अमेरिकामा बस्दै आएकी माया राणाले समाज सेवामा खर्च गर्नेगरी कुमारी ट्रष्टलाई गरेको आर्थिक सहयोगबाट कुमारी ट्रष्टमार्फत कर्णाली प्रदेशमा आफुले स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको शाहले बताए ।

शाहले जाजरकोटमा कार्यरत नेपाल प्रहरी, स्वास्थ्यकर्मी, सशस्त्र प्रहरीलाई माक्स, सेनिटाइजर लगायतका सामाग्री प्रदान गरेका छन् भने, पत्रकारलाई पनि मास्क हस्तान्तरण गरेका थिए । छेडागाड नगरपालिका-५ वडावनमा कुमारी ट्रष्टमार्फत पाँच करोड भन्दा बढी लगानीमा २५ शैयाको सामुदायिक अस्पताल स्थापनाका लागी पूर्वाधार निर्माण गरेका शाहले जाजरकोटमा यो भन्दा अगाडि नै जिल्लाका सातवटै पालिकालाई सर्जिकल बेडलगायतका स्वास्थ्य सामग्रीहरु सहयोग गरिसकेका छन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.