कोरोना लक्षण देखिएकी मृतक गर्भवतीको शव व्यवस्थापन

कोरोना लक्षण देखिएकी मृतक गर्भवतीको शव व्यवस्थापन

राजविराज : जतिसक्दो छिटो शव व्यवस्थापन गर्नुपर्ने तर स्वाब परीक्षणको रिपोर्ट ढिलो आउने भएपछि मृतक परिवारले मङ्गलबार विहान मृत्यु भएकी गर्भवती महिलाको दाहसंस्कार गरेका छन्। सप्तरीको कञ्चनरुप नगरपालिकास्थित सुन्दरी खोलामा व्यक्तिगत सुरक्षा सामग्री पीपीई लगाएका स्वास्थ्यकर्मीको निगरानीमा परिवारका सदस्यले कुलधर्मअनुसार शवको अन्तिम संस्कार गरेका छन्।

मृतक परिवारका चार जनाको उपस्थितीमा स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरुले सावधानीपूर्वक शव व्यवस्थापन गरेको नगरप्रमुख बसन्त मिश्रले बताए। दाहसंस्कारमा संलग्न मृतकका परिवारका सदस्यले पनि पीपीई लगाएका थिए।  कोरोनाको लक्षण भएकी सप्तरीको कञ्चनरुप–११ ठेलिया गोरपारकी २४ वर्षीया गर्भवती महिलाको बिहान साढे ६ बजे मृत्यु भएको थियो। 

उनलाई अत्यधिक ज्वरो र श्वासप्रश्वासमा समस्या आएपछि स्वास्थ्य परीक्षणका लागि राजविराज ल्याउने तयारी गरिरहेका बेला मृत्यु भएको परिवारका सदस्यले बताए। उनलाई १० दिनदेखि ज्वरो आइरहेको थियो। साढे पाँच वर्षका जुम्ल्याहा छोरा, छोरीकी आमा उनी १८ साताकी गर्भवती थिइन्।

उनलाई परिवारका सदस्यले गत बिहीबार राजविराज ल्याएर उपचार गराएका थिए। डा. विनिता यादवको क्लिनिकमा गर्भ जाँच गराउँदा १०२ डिग्री ज्वरो रहेको भन्दै डा. यादवले तत्कालै राजविराजस्थित अस्पतालको फिभर क्लिनिकमा जान सल्लाह दिएको थियो।

 पिसाबको संक्रमण (यूटीआई) को औषधि दिनुका साथै डा. यादवले गर्भवती महिलालाई पाँच दिनपछि पुन परीक्षणका लागि बोलाएकी थिइन्। गर्भवती महिलाले वैशाख २५ गते प्राथमिक स्वास्थ्य केन्द्रमा खोप समेत लगाएकी थिइन्। वैशाख २८ गते उनको घरबाट नन्दको विवाह समेत भएको छ।

कोरोना संक्रमणसित मिल्ने लक्षणहरु देखिएकोले मंगलबार बहिान साढे ११ बजे मृतकको स्वाब संकलन गरी परीक्षणका लागि धरानस्थित वि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको कञ्चनरुप नगरपालिका स्वास्थ्य शाखाका सिनियर अहेव अधिकृत डम्बर गुप्ताले बताए। 

गुप्ताले मृतकको स्वाव संकलनको रिपोर्ट आउन समय लाग्ने भएकोले क्न्ट्रयाक्ट ट्रेसिङ्ग टिमसहित बसेको नगरस्तरीय कोरोना नियन्त्रण समन्वय समितिको बैठकले सुरक्षित रुपमा शव व्यवस्थापन गर्ने निर्णय गरेको हो।

नगर प्रमुख मिश्रको अध्यक्षतामा बसेको बैठकले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बनाएको ‘कोभिड–१९ का कारण मृत्यु भएका व्यक्तिहरूको शव व्यवस्थापन सम्बन्धी संक्षिप्त कार्यविधि २०७६’ बमोजिम पीपीई लगायतको सुरक्षा सामग्री उपलब्ध गराएको थियो। सकेसम्म अत्यन्तै नजिकको ठाउँमा दाहसंस्कार गर्ने। शव वाहनको प्रयोग गरी छिटो शव पु¥याउनु पर्ने र शवनजिकै जान नदिने कार्यविधिमा स्पष्ट छ। 

वैठकले दाससंस्कारमा संलग्न व्यक्तिहरु सेल्फ क्वारेन्टाइनमा बस्ने र क्न्ट्रयाक्ट ट्रेसिङ् टिमलाई सम्पूर्ण व्यवस्थापनको जिम्मा दिएको टिमका संयोजक विकासकुमार गुप्ताले बताए।    


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.