बालुवा निकाल्ने क्रममा ढिस्कोले पुरेर पतिपत्नीको मृत्यु, २ जना घाइते

बालुवा निकाल्ने क्रममा ढिस्कोले पुरेर पतिपत्नीको मृत्यु, २ जना घाइते

जाजरकोट : स्वास्थ्य चौकी निर्माणका लागि बालुवा निकाल्ने क्रममा जाजरकोटमा पतिपत्नीको पुरिएर मृत्यु भएको छ । नलगाड नगरपालिका–९ तात्रका ३६ वर्षीय एक्कबहादुर सिंह र उनकी पत्नी ३३ वर्षीया कुमारी सिंहको बालुवाको ढिस्कोले पुरिएर मृत्यु भएको प्रहरीले जनाएको छ । 

पत्नी कुमारीको घटनास्थलमा नै मृत्यु भएको र गम्भीर घाइते एक्क बहादुरको उपचारका लागि नेपालगन्ज लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख डीएसपी किशोर श्रेष्ठले जानकारी दिए। 

 ‘पत्नी कुमारीको घटनास्थलमा नै मृत्यु भएको र गम्भीर घाइते पतिलाई उपचारका लाग िनेपालगन्ज लैजाने क्रममा मंगलबार राति खलंगा जिक मृत्यु भएको हो ।’ डीएसपी श्रेष्ठले भने।

खिरखिरे भन्ने ठाँउमा बालुवा निकाल्ने क्रममा घाइते कमला सिंह र तारा सिंहको प्राथमिक स्वास्थ्य केन्द्र दल्लीमा उपचार भइरहेको छ । उनीहरुको अवस्था सामान्य छ  । उनीहरुले बालुवा निकाल्दै गर्दा एक्कासी आएको ढिस्कोले पुरेको थियो ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.