रुकुम घटना : भेरीमा बेपत्ताको खोजी गर्दै गोताखोर

रुकुम घटना : भेरीमा बेपत्ताको खोजी गर्दै गोताखोर

जाजरकोट : अन्तरजातीय प्रेमका कारण १० जेठ (शनिबार) मा पश्चिम रुकुमको चौरजहारी ८ सोतीमा भएको घटनामा हराइरहेका तीन जनाको खोजी गर्न सशस्त्र प्रहरी बलको गोताखोर टोली परिचालन गरिएको छ । घटना भएको ५ दिनसम्म पनि हराएकाहरु सम्पर्कमा नआएको र कतै नभेटिएपछि भेरीमै डुबेको आशंका गरिएको छ। खोजीमा सशस्त्र प्रहरीको शमशेरगञ्जबाट तालिम प्राप्त गोताखोर झिकाएर परिचालन गरिएको शसस्त्र प्रहरी बल जाजरकोटका प्रमुख डिएएसपी यज्ञ बस्नेतले बताए ।

पानीमा डुबेर खोज्न मिल्ने अक्सिजन सहितको पाँच जनाको टोली उताबाट आएको र जिल्लामा तालिम प्राप्त केही जनशक्ति गरि दर्जन बढी शसस्त्र प्रहरी बेपत्ताको खोजीमा बुधवार विहानै देखि भेरीमा परिचालन गरिएको उनले बताए।

स्थानीय, नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका जवानहरुले हराइरहेकाको निरन्तर खोजी गरिरहे पनि भेटाउन नसकेपछि गोताखोर बोलाइएको जाजरकोटका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले बताए । 

भेरी नगरपालिका–११ का  लोकेन्द्र सुनार, गोविन्द शाही, वडा नम्बर ४ का सन्दीप विक अझै बेपत्ता  छन् । भेरी नगरपालिका–४ का नवराज विक र गणेश बुढा, चौरजहारीका टीकाराम सुनारको शव यसअघि नै फेला परिसकेको छ । पीडित परिवारले वडाध्यक्ष मल्लसहित २० जनाविरुद्ध मंगलबार जिल्ला प्रहरी कार्यालय जाजरकोटमा किटानी जाहेरी दर्ता गराएका छन् । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.