जाजरकोटका क्वारेन्टाइनमा सेनाको सुरक्षा

जाजरकोटका क्वारेन्टाइनमा सेनाको सुरक्षा

जाजरकोट : क्वारेन्टाइनमा बसेकाहरु भाग्न थालेपछि जाजरकोटमा सेनाले सुरक्षा दिन थालेको छ । जिल्ला सदरमुकाम स्थित त्रिभुवन मावि र भेरी ज्ञानोदय क्याम्पसमा बनाइएको क्वारेन्टाइनमा बसेकाहरु भाग्ने र बजारमा डुल्न थालेपछि जिल्ला सुरक्षा समिति र जिल्ला विपद् व्यवस्थापन समितिले सेनालाई सुरक्षाको जिम्मा दिने निर्णय गरेको हो ।

ज्वालादल गण मालिका व्यारेकका सहसेनानी अमरदीप कार्कीको टोली अस्थायी क्याम्प खडा गरेर सुरक्षा दिइरहेको प्रमुख सेनानी सुरेन्द्र प्रताप रावलले बताए । सेनाले सुरक्षा दिन थालेपछि क्वारेन्टाइनबाट कोही पनि भाग्न पाएका छैनन् । हाल भारतबाट आएका दुई सय ६७ जना क्वारेन्टाइनमा बसेका छन् । 

तर शौचालय र सुत्ने कोठाको निकै समस्या रहेको छ । दुई सय ६७ जनाका लागि तीनवटा मात्र शौचालय छन् ।' कोठा अभावमा एउटै कोठामा २० जनासम्म कोचिएर बसेका छौं। दिसापिसाब गर्न निकै सास्ती छ। लाइनमा बस्नुपर्छ,' भारतबाट आएर त्रिभुवन मावि क्वारेन्टानमा बसेका जुनीचाँदेका रोशन मगरले गुनासो गरे । 

उनका अनुसार भेडाबाख्रा कोचेजस्तै गरेर राखिएको छ ।क्वारेन्टाइन बसेको १२ दिन भइसक्दा पनि परीक्षण भएको छैन।  १७ जनाको कोरोना पीसीआर रिपोर्ट नेगेटिभ आएको छ।

भिटिएम अभावमा अन्यको परीक्षण हुन सकेको छैन । जिल्लामै भिटिएम अभावले परीक्षण गर्न नसकिएको स्वास्थ्य सेवा कार्यालयका प्रमुख डा.सुनिल पुनले बताए । 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.