सप्तरीकी मृतक गर्भवतीको कोरोना रिपोर्ट 'नेगेटिभ'

सप्तरीकी मृतक गर्भवतीको कोरोना रिपोर्ट 'नेगेटिभ'

राजविराज : सप्तरीको कञ्चनरुपमा मंगलबार मृत्यु भएकी गर्भवतीको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ।कञ्चनरुप नगरपालिका-११ गोरपारकी २४ वर्षीया गर्भवती ममतादेवी माझीको पीसीआर रिपोर्ट नेगेटिभ आएको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले जनाएको छ ।

कोरोनाको संक्रमणले मृत्यु भएको आशंकापछि त्रसित जनजीवन रिपोर्ट नेगेटिभको खबर आएसँगै सामान्य बन्दै गएको स्थानीयले बताएका छन्। उच्च ज्वरो, खोकी, पखाला र श्वासप्रश्वासमा समस्या देखिएपछि कोरोना आशंकामा मृतकको स्वाब संकलन गरी मंगलबार प्रतिष्ठान पठाइएको थियो । 

मृतक महिलाको पीसीआर परीक्षणको रिपोर्ट नआउँदै मंगलबार शव व्यवस्थापन गरिएको थियो । कोरोना संक्रमित हुन सक्ने सम्भावनाका कारण छिटो शव व्यवस्थापन गर्नुपर्ने भएकाले मंगलबार नै 'शव व्यवस्थापनसम्बन्धी संक्षिप्त कार्यविधि २०७६' अनुसार दाहसंस्कार गरिएको थियो ।

 
मृतकको स्वाब धरान पठाएपछि उनको प्रत्यक्ष सम्पर्कमा आएका चिकित्सक, परिवारका सदस्य र दाहसंस्कारमा संलग्न व्यक्ति सेल्फ क्वारेन्टाइनमा बसेका थिए । 

'छिमेकी गाउँ-टोलमा समेत त्रास फैलिएको थियो,' नगर प्रमुख बसन्त मिश्रले भने, 'कोरोना भाइरसको जस्तो लक्षण देखिएपछि आशंका गरेर सर्तकता अपनाए पनि कोरोना संक्रमण नभएको खबरले त्रास कम हुँदै गएको छ ।'

दश दिनदेखि अत्यधिक ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या देखिएकी १८ साताकी गर्भवतीको घरमै मृत्यु भएको थियो । परिवारका सदस्यले गत बिहीबार राजविराज ल्याएर डा. विनिता यादवको क्लिनिकमा गर्भ जाँच गराएका थिए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.