आयुर्वेद औषधालयको भवनमा आगोलागी

आयुर्वेद औषधालयको भवनमा आगोलागी

बेनी : आगोलागीबाट म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ मा रहेको दाना आयुर्वेद औषधालयको भवन ध्वस्त भएको छ । आइतबार बिहान भएको आगोलागीबाट तीनकोठे भवन जलेर ध्वस्त भएको हो । 

एक तले भवनको पर्खालसमेत भत्किएको स्थानीयबासी इन्द्रसिंह शेरचनले बताए । स्थानीयबासीहरुले आगोलागी नियन्त्रणमा लिएका थिए । जीर्ण र भत्कने अवस्थामा पुगेको भवन केही वर्षदेखि प्रयोगमा थिएन । 

भवनको एक कोठामा मानसिक समस्या भएकी महिला बस्दै आएकी थिइन् ।  औषधालय भने केही वर्षयता दाना स्थित भाडाको घरबाट सञ्चालन गरिंदै आएको थियो । भवनमा आगोलागी भएको विषयमा जानकारी गराए पनि दाना प्रहरी चौकी र औषधालयका कर्मचारीले बेवास्ता गरेका स्थानीयले गुनासो गरेका छन् ।

सोही जीर्ण भवन मर्मत र कम्पाउण्ड पर्खाल निर्माणमा अनियमितता भएपछि संलग्नलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा यही जेठ ८ गते मुद्दा दायर भएको थियो । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका तत्कालीन निमित्त प्रमुख रमेश शर्मा भुषाल, दुई जना इञ्जिनियर र दुई जना निर्माण ब्यवसायी विरुद्ध मुद्दा चलाएको केही दिनमै भवनमा आगोलागी हुनमा शंका उब्जिएको स्थानीय गंगा पुनले बताए । 

भुषालसहित भवन निर्माण विभाग डिभिजन कार्यालय, बागलुङ्गका तत्कालीन डिभिजन प्रमुख तेजेन्द्र शर्मा पौडेल र इन्जिनियर सुदिप खड्का, शुभकामना निर्माण सेवाको सञ्चालक सरिता सुवेदी र अधिकारनामा लिइ निर्माण कार्यमा संलग्न रघुनाथ शर्माविरुद्ध मुद्दा दायर भएको थियो । 

उनीहरुविरुद्ध जनही रु. एक लाख ४५ हजार ९२८ का दरले बिगो दावीसहित मुद्दा चलाइएको अख्तियारले जनाएको छ । आर्थिक वर्ष २०७४/७५ मा औषधालयको भवन मर्मत र घेराबार पर्खाल निर्माणमा खरिद प्रक्रिया विपरित मिलेमतो गरि अनियमितता भएको उजुरी परेको थियो । 

शुभकामनासहित झी र श्रमजीवी निर्माण सेवा गरी ३ वटा निर्माण व्यावसायीसँग कार्यालयले दरभाउपत्र माग गरेको देखाउन खोजेप नि निर्माण व्यावसायीहरूले पेश गरेको निवेदनको मिति तथा उक्त निवेदन कार्यालयमा दर्ता गर्दाको मितिमा केरमेट र सच्चाइएको अनुसन्धानका क्रममा खुलेको थियो । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.