क्‍वारेन्टाइन नहुँदा भारतबाट आएका सिधै गाउँ छिरे

क्‍वारेन्टाइन नहुँदा भारतबाट आएका सिधै गाउँ छिरे

जुम्ला : भारत र अन्य जिल्लाबाट जुम्ला आएका घछ जना क्वारेन्टनइनको व्यवस्था नभएपछि गाउँ पसेका छन् । आइतबार राति ११ बजे जुम्ला बसपार्कमा आइपुगेको चन्दननाथ नगरपालिकाका १२ जना र तातोपानी गाउँपालिकाका २३ जना बस्ने स्थान नभएर गाउँ छिरेका हुन्। 

स्थानयि अमर बहादुर रोकायाका अनुसार गाडीबाट बसपार्कमा ओर्लिएपछि प्रहरीले केहीबेर रोकेर राखेको  थियो । केहीबेरपछि प्रहरीहरु हिँडे । उनीहरु हामी हामी क्वारेन्टाइनमा जान्छौं कहाँ छ ? भनेर सोधिरहेका थिए। 

भोक र थकाइले लखतरान परेको उनीहरु केही समयको प्रयासपछि पनि क्वारेन्टाइनको व्यवस्थापन भएकोनपाएपछि गाउँ छिरे । ८, १० जना गैरागाउँतिर लागेका, केही छिनातिर लागेका थिए। 

बल्ल तल्ल ज्यान जोगाएर यहाँसम्म आइपुगेका पनि अब कहाँ बस्ने टुंगो नलाग्दा हैरान भएको उनीहरुले बताएका थिए । जिल्ला विपद व्यवस्थापन समितिको निर्णय कार्यान्वयन हुन नसकेको कारण समस्या आएको हो। 

यसैगरी सो टोलीसँगै आएका गुठिचौर गाउँपालिकाका ५ जना गाउँपालिकाको गाडीमा गाउँपालिकाको क्वारेन्टाइनमा गएको जानकारी प्राप्त भएको छ। अहिले भारतबाट आएका धेरैमा संक्रमण कोरोना संक्रमण देखिएको छ। उनीहरुलाई छुट्टै बस्ने व्यवस्था नै नभएर गाउँ छिरेपछि जुम्लामा त्रास फैलिएको छ ।

उनीहरु कता गए भन्ने थाहाँ भएको छैन।  ‘राख्ने स्थान नभएका कारण बसपार्कमा त्यसै बसिरहेका थिए’ प्रहरी नायब उपरीक्षक लालबहादुर धामीले जानकारी भने’ स्थान निर्धारण भएको छैन कता राख्ने भन्नेमा अन्यौल भयो ।’लामो समयदेखि भोकै रहेको उनीहरुलाई जुम्लामा रहेको कर्णाली स्पोर्ट क्लबले चिउरा,  दालमोट, जुस र पनी दिई सहयोग गरेको थियो।

स्थानीयको विरोधपछि तोकिएके सरकारी संरचनाहरुमा राख्न नसकेपछि क्वारेन्टाइन कता बनाउने भन्ने अन्यौल भएको हो । चन्दननाथ नगरपालिकाले नगरपालिकामा आएका व्यक्तिहरु वडास्तरमा जिम्मा दिएर राख्ने निर्णय भएको जनाएको छ । यता तातोपानी गाउँपालिकाले जिल्लाले पहिले एकिकृत क्वारेन्टाइन गर्ने भनेर दुर्गा मा.वि लाम्रामा मानिसहरु भरिभरा भएको बताएको छ ।

अहिलेसम्म उच्च सुरक्षाका साथ क्वारेन्टाइन जुम्लाका रहेकोमा अब के हुने भन्ने त्रास बढेको छ । अहिलेसम्म ४०० जनाभन्दा बढी जिल्ला आएका छन्  र उनीहरु कर्णाली प्राविधिक शिक्षालय, दुर्गा मावि लामा, सरस्वति मावि कुडारी र सिता मावि रारालिहीमा रहेका छन् ।

स्थानीयको अवरोध र अदालतको आदेशले चुनौती

जुम्लाका सबै स्थानीय तहले आ-आफ्ना ठाउँमा क्वारेन्टाइन निमार्ण गरेका थिए तर गत बैखाश २१ गते अदालतमा अधिवक्ता पदम शाहीले मापदण्ड विपरति क्वारेन्टाई निर्माण गरेको भनी भनि जुम्ला सबै स्थानिय तहविरुद्ध रिट दाएर गरेपछि अदालतले सबै स्थानीय तहलाई क्वरेन्टाइन व्यवस्पन गर्न आदेश दियो । सबै स्थानीय तहका जिल्ला विपद व्यवस्थापन समितिको निणय अनुसार जिल्लामा एकिकृत क्वारेन्टाइन निमार्ण गर्ने  निर्णय गरे। 

यसै निर्णयअनुसार जुम्लाको कर्णाली प्राविधिक शिक्षलयमा र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठाननजिक क्याम्पस क्षेत्रलाई क्वारेन्टाइन निमार्ण गरी जिल्ला फर्कनेलाई राख्ने तयारी गरिएको थियो। थियो।  कर्णाली प्रबिधिक शिक्षलयमा राखिए पनि क्यम्पस क्षेत्रमा राख्न खोज्दा स्थानीले अवरोध गरेपछि राख्न सकिएका छैन । राख्न सकिएको सकिएको छैन । जिल्लाका अन्य स्थानमा पनि क्वारेन्टाइन बनाउदो ठाँउ-ठाँउमा स्वाथीयले विरोध गरिरहेका छन् । गरीरहेका छन। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.