मुगुका २७ वर्षीय युवामा कोरोना संक्रमण

मुगुका २७ वर्षीय युवामा कोरोना संक्रमण

मुगु : खत्याड गाँउपालिका-५ हलेखाडामा रहेको क्वारेन्टाइनमा रहेका एक २७ वर्षीय युवकमा कारोना भाइरसको संक्रमण पोजिटिभ देखिएको छ । भारतबाट आएका खत्याड गाँउपालिका -२ घर भएका युवामा कोरोना  पुष्टि भएका हो । 

 
भारतबाट आएका खत्याडबासीलाई  खत्याड गाँउपालिकाले सोही गाँउपालिकाको हलेखाडा, छोट र झुगलामा क्वारेन्टाइन स्थापन गरेको छ । कोरोना संक्रमित युवासहित अन्य ४७ जना भारतबाट आएका थिए ।  ४८ जानलाई हलेखाडा क्वारेन्टाइनमा राखिएको थियो । ४८ जनाको स्वाव संकलन गरी परीक्षणका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला पठाइएको थियो । ४८ जनाको स्वाव परीक्षण गर्दा एक जनामा पोजिटिभ देखिएको  जिल्ला स्वास्थ्य सेवा कार्यालय मुगुका प्रमुख निर्मल नगरकोटीले जानकारी दिए ।

कोरोना संक्रमित युवालाई बिहीबारै रातापानी प्राथमिक स्वास्थ्य केन्द्रमा रहेको आइसोलेसन वार्डमा राखिएको छ । उनको स्वास्थ्य अवस्था सामान्य रहेको चिकित्सकले बताएका छन् । जिल्लाका रहेका चारवटा स्थानीय तहमध्ये सबैभन्दा बढी भारतबाट सोही गाउँपालिकाका भित्रिएपछि सरोकारवालाले यो गाउँपालिका कोरोना भाइरस संक्रमणको उच्च जोखिममा रहेको बताउँदै आएका छन् ।

संक्रमित रहेको क्वारेन्टाइनमा रहेका अन्य ४७ जनाको १ हप्तापछि आरडीटी परीक्षण गरेर मात्र घर पठाउने र जुम्लामा पीसीआर परीक्षणका लागि लोड बढी भएकाले एक हप्तासम्म भिटिएम नपठाउनु भनेकाले भारतबाट आएका तथा अन्यको एक हप्तासम्म स्वाब संकलन नगरिने पनि डाक्टर नगरकोटिले बताए।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.