पलास्टिकको क्वारेन्टाइनमा बसेकालाई भवनमा सारियो

पलास्टिकको क्वारेन्टाइनमा बसेकालाई भवनमा सारियो

मुगु : केही दिनबाट लगतार वर्षा हुन थालेपछि  पाटन क्षेत्रको पलास्टिक पालको क्वारेनटाइनमा राखिएकालाई विद्यालयको भवनमा सारिएको  छ । खत्याड गाँउपालिका—५ हलेखाडाम तरकारी फलाउन प्रयोग गरिने ग्रिन हाउसको पलास्टिकले बनाएको क्वारेन्टाइन राखिएकालाई केही दिनदेखि लगतार वर्षा हुन थालेपछि सोही गाँउपालिका—७ मा रहेको लोकप्रिय माद्यामिक विद्यालयको भवनमा सारिएको हो ।

बिहीबार बसेको कार्यपालिकाको बैठकले सोही गाँउपालिका—१ सेरी मसानेको चौरमा सुविधायुक्त क्वारेन्टाइन बनाइ हलेखाडा र छोटेका क्वारेन्टाइनमा बस्दै आएकालाई सार्ने जिम्मा वडा नं २ का वडा अध्यक्षलाई लालबहादुर मल्ललाई दिइएको थियो । कार्यपालिकाले गरेको निर्णयविपरित गाँउपालिकाले शुक्रबार राती हलेखाडाबाट रातारात मान्छे ल्याएर गाँउको बिचमा रहेको विद्यालयमा राखेपछि स्थानीयले शनिबार बिहानैदेखि विरोध गरेका थिए । 

शनिबार बिहानदेखि विरोध भएपछि गाँउपालिका अध्यक्षले गाँउलेलाई सम्झाइबुझाइ गरेपछि गाँउले शनिबार दिउँसो एक बजे सहमतीमा आएका थिए ।  गाँउले र गाँउपालिका अध्यक्षबिच लोकप्रिय माध्यमिक विद्यालयलाई क्वारेन्टाइनको रुपमा प्रयोग गर्न सहमती भएको वडा नं ७ का वडा अध्यक्ष जयऋषि उपाध्यायले जानकारी दिए । 

हलेखाडा क्वारेनटाइनमा राखिएका ४७ जनालाई विद्यालयमा सारेको भए पनि छोटे क्वारेन्टाइन राखिएकालाई गाँउपालिकाले  अन्यत्र सार्ने व्यवस्था गरेको छैन ।  खत्याड गाँउपालिकाले व्यवस्थापन गरेका हलेखाडा र छोटे भन्ने स्थान  पाटन क्षेत्रमा पर्छन् । आकाशमा बादल देखिनेबित्तिकै वर्षा सुरु हुने स्थान र अत्याधिक चिसो हुने स्थान हो । 
 
जेठ ६ गते भारतबाट नेपालको वनबसा नाका हुँदै आएका उनीहरुलाई खत्याड गाँउपालिकाले ८ गतेबाट पालको क्वारेन्टाइन बनाइ राख्दै आएको थियो । सोहि क्वारेन्टाइनमा बस्दै आएका ४८ जनामध्ये १ जनामा कोरोना भाइरस पोजिटिप रिपोट आएको थियो ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.