सप्तरीमा एक सय बढी संक्रमित

सप्तरीमा एक सय बढी संक्रमित

राजविराज : सप्तरीको कञ्चनरुप नगरपालिकामा सोमबार साँझ दुई जनामा कोरोना संक्रमण देखिएको छ ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भएको परीक्षणमा कञ्चनरुप नगरपालिका ८ का ३० र ३५ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यलय सप्तरीले जनाएको हो । उनीहरुमध्ये एक जना भारतको जयपुर र अर्का भारतको हरियाणाबाट आएका हुन् ।

सर्वाेदय मावि कञ्चनरुपस्थित क्वारेन्टाइनका ४१ जना र महेन्द्र जनता मावि बलुवा सितापुर घोघनपुरस्थित क्वारेन्टाइनका २७ जना गरी गत शुक्रबार ६८ जनाको स्वाब संकलन गरिएको थियो ।

परीक्षणका लागि धरानस्थित प्रतिष्ठानको कोभिड–१९ परीक्षण प्रयोगशाला पठाईएकोमा सर्वोदय माविको क्वारेन्टाइनमा रहेका २ जनामा संक्रमण देखिएको कञ्चनरुप स्वास्थ्य शाखाले जानकारी दिएको छ ।

उनीहरुलाई सोमबार राति राजविराजस्थित आइसोलेशन सेन्टरमा पठाउने तयारी भइरहेको नगरपालिकाका स्वास्थ्य सहसंयोजक सिनियर अहेव अधिकृत डम्बरप्रसाद गुप्ताले बताए । कञ्चनरुपमा संक्रमण पुष्टि भएपछि सप्तरीमा संक्रमित हुने स्थानीय तह १३ पुगेको छ ।

यसैगरी राजविराज नगरपालिका ९ का एक जना थप संक्रमित पुष्टि भएको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ । सोमबार दिउँसो राजविराज नगरपालिका १, ११ र १३ नम्बर वडाका ६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । सप्तरी जिल्लामा संक्रमितको संख्या १ सय २ पुगेको छ । कोरोना संक्रमितहरुमध्ये २ वर्षीया वालिका, १७ र १८ वर्षीया किशोरीसहित ६ जना महिला रहेका छन् ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.