गर्भवतीको हेलिकोप्टरबाट उद्धार

गर्भवतीको हेलिकोप्टरबाट उद्धार

जाजरकोट : सुत्केरी बेथा लागेर छट्पटाइरहेकी जाजरकोटकी एक गर्भवती महिलाको हेलिकोप्टरबाट उद्धार गरिएको छ। जिल्लाको छेडागाड नगरपालिका-३ कि २५ वर्षीय कमला शाहीको उद्धार गरि सुर्खेत लगिएको हो। राष्ट्रपति महिला उत्थान कार्यक्रमको सहयोगमा नेपाली सेनाको हेलिकोप्टरले स्वास्थ्य चौकी दशेराबाट उनलाई उद्धार गरेको हो।

सुत्केरी बेथा लागेपछि उनलाई स्वास्थ्यचौकी दशेरा लगिएको थियो। 'पाठेघर च्यातिएर बच्चाको हात निस्किएको थियो। बच्चा निकाल्न सक्ने अवस्था थिएन। हामी सँग दक्ष जनशक्ति र साधन थिएन। त्यही भएर तत्काल सुविधा सम्पन्न अस्पताल लैजान सिफारिस गर्‍यौं' स्वास्थ्यकर्मी आर वि थापाले भने। सोही अनुसार स्थानीय जनप्रतिनिधीले सम्बन्धित ठाउँमा सम्पर्क गरेपछि गर्भवतीलाई प्रदेश अस्पताल सुर्खेत लगिएको छ।

प्रदेश अस्पतालले अप्रेशन गरेर बच्चा निकाल्ने तयारी गरिरहेको आफन्तले जनाएका छन्। योसँग जिल्लाबाट पाँच जना गर्भवती महिलाको उद्धार भएको हो। भौगोलिक विकटता, सुविधा सम्पन्न अस्पताल, जनशक्ति र उपकरणको अभावमा जिल्लामा जटिल खालका सुत्केरी सेवा दिन सक्ने अवस्था नहुँदा हेलिकोप्टरबाट उद्धार गर्नु परेको स्वास्थ्य सेवा कार्यालय जाजरकोटका प्रमुख डा. सुनिल पुनले बताए। राष्ट्रपति महिला उत्थान कार्यक्रमले सुत्केरी हुन नसकेर छट्पटाइरहेका महिलाका लागी ठुलो राहत र सहयोग भएको डा.पुनको भनाई छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.