आइसोलेसनका २ जनालाई पोखरा पठाइयो

आइसोलेसनका २ जनालाई पोखरा पठाइयो

स्याङ्जा : भीरकोटस्थित कालिका सामुदायिक अस्पतालको आइसोलेसनमा रहेका २ जनालाई बुधबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा पठाइएको छ। वालिङ नगरपालिका-१३ का ३२ वर्षीय एक पुरुष र उनका ५४ वर्षीय बुवा पोखरा गएको अस्पतालका प्रशासकिय अधिकृत छायादत्त रेग्मीले बताए।

श्वास प्रश्वासमा केही समस्या भएको छोराले जनाएपछि उनलाई पोखरा पठाइएको डा. सुशिल मरासीनीले जानकारी दिए। छोरा जाने भएपछि बुवा पनिसँगै गएको बताइएको छ।  बिगत एक सातादेखि सोही अस्पतालको आइसोलेसनमा रहेका ती पुरुषको स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ।

कालिका अस्पतालको आइसोलेसनमा अहिले १ महिलासहित २८ जना उपचाररत छन्। जिल्लामा ३८ जना संक्रमित मध्ये एक जनाको मृत्यु भएको छ भने ३ जना कोरोना जितेर घर फर्केका छन्। बाँकी ३ जना जिल्ला अस्पतालको आइसोलेसनमा उपचाररत छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.