सांसदले जुस खुवाएर अनसन तोडाए

सांसदले जुस खुवाएर अनसन तोडाए

स्याङजा : ईलाका प्रहरी कार्यालय चापाकोट (क) ८ रत्नपुर क्वामीमा जारी रिले अनसन असार ५ गतेसम्मका लागि स्थगित गरिएको छ। सम्बन्धित पक्षसँग गृहकार्यका लागि समय माग गरेपछि ५ गतेसम्मका लागि बिरोधका सबै कार्यक्रम स्थगन भएका हुन्।

कार्यालयको स्तरोन्नती सहित चापाकोट-९ सुन्तलीटारमा नयाँ भवन निर्माणको प्रक्रिया सुरु भएपछि क्वामीका स्थानीयबासी रिले अनसनमा बस्दै आएका थिए। रिले अनसनको आठौं दिनमा गण्डकी प्रदेशसभा सदस्य एवं सोही क्षेत्रबाट निर्वाचित प्रदेश सांसद भागवतप्रकाश मल्लले जुस खुवाएर अनसन तोडाएका हुन। प्रदेश सांसद मल्ल, प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्री, प्रहरी उपरीक्षक विमलराज कणेंल, राष्ट्रिय अनुसंधान कार्यालका प्रमुख कुमार बुढाथोकी, नेकपाका जिल्ला अध्यक्ष सूर्यप्रसाद गैह्रै पारस, नेपाली कांग्रेसका सभापति कुमार राना लगायत आन्दोलित स्थानीयबासीबीच यथास्थानमा वडा प्रहरी कार्यालय कायम गराउनको लागि पहल गर्ने लगायतका बारेमा सहमति बनेपछि रिले अनशन एक साताका लागि स्थगन गरिएको इलाका प्रहरी कार्यालय चापाकोट (क) संरक्षण समितिका संयोजक हरि भट्टराईले जानकारी दिए।

संरक्षण समितिको वार्ता टोली, प्रदेश सांसद भागवतप्रकाश मल्ल ,नेकपा अध्यक्ष गैह्रै, कांग्रेस सभापती राना , जिल्ला सुरक्षा समितिका अध्यक्ष प्रजिअ क्षेत्री, सदस्यद्धय प्रउ कणेंल र प्रनाउ बुढाथोकी लगायतको टोलीले ४ घण्टाको वार्ताले  यथास्थानमा राख्नको लागि गृह मन्त्रालयमा जानकारी गराउने र सो समयसम्मका लागि इलाका प्रहरी कार्यालयको प्रशासनिक भवन निर्माण कार्य एवं टेण्डरको कुनै पनि काम स्थायी समाधान ननिस्किँदासम्मको लागि स्थगित गर्ने लगायतको सहमति भएपछि धर्ना आन्दोलनकारीले हालका लागि रिले अनसन स्थगन गरेको हो।

नगरपालिकाको सबै भूभागलाई समेट्नेगरी झण्डै १० रोपनी क्षेत्रफलमा फैलिएको कार्यालयलाई साँगुरो स्थानमा सार्न लागेको भन्दै स्थानीयको आक्रोश छ। क्वामी र सुन्तलीटारको दुरी पनि ३/४ किलोमीटर दुरी छ। सडक संजालले जोडौं। पक्की सडक बनाउन सबैले सहयोग गरौं, तर कार्यालय स्थानान्तरण नगरौं भन्ने स्थानीयको माग हो।

२०७६ असोज ७ को मन्त्रीपरिषद बैठकले क्वामीस्थित ईलाका प्रहरी कार्यालयलाई वडा कार्यालय बनाउँदै वडा नं. ९ सुन्तलीटारमा सार्ने निर्णय गरेको छ। तर, स्थानीयबासी भने कार्यालय सार्न नहुने जनाउदै आन्दोलनमा उत्रेका हुन्। रिले अनसनसँगै आन्दोलित स्थानीयबासीले सम्बन्धित पक्षलाई ज्ञापनपत्र, नगरपालिकाभित्र बिरोध र्‍याली, मशाल जुलुस, पत्रकार सम्मेलनलगायतका चरणबद्ध आन्दोलन गरिसकेका छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.